Binay Tamang

डा. कुमारको मन्तव्यप्रति तामाङको प्रतिक्रिया

Share this news

जीटीएका पूर्व प्रमुख र वर्तमान सभासद विनय तामाङले बताएका छन् , डा. अजय कुमार, पूर्व सांसद एवं आईपीएस अफिसर अनि काँग्रेस पार्टीका प्रवक्तालाई यति पनि थाहा रहेनछ कि सिक्किम भारतको २२औं राज्य अनि अभिन्न अंग हो भनेर। जुन राज्यका आम नागरिकहरूले यस वर्ष भारतमा समाविष्ट भएको ५० वर्षमा स्वर्ण वर्ष मनाइरहेका छन्। डा. अजय कुमारले एक प्रेष भेलामा सिक्किमलाई भारतको छिमेकी राष्ट्रको रूप सम्बोधन गरेका छन्। सिक्किम सरकार अनि सिक्किमे जनताले यसको विरोध गर्न नितान्त आवश्यक छ। डा. अजय कुमारले पछिबाट Tongue Slip भयो भनेर हल्कासित लिएका छन्।
५०औं वर्षगाँठको लोगो प्रयोग गरिन्दा सिक्किम सरकारले दार्जीलिङ-कालेबुङका सामाजिक अभियन्ताहरूलाई आपराधिक मुद्दा दायर गरी पक्राउ गरे अनि जेलपनि पठाए। डा. अजय कुमारले सिक्किमलाई अलग देश भनी सम्बोधन गरेका छन् – यो त अति संवेदनशील, गम्भीर अनि देश विरूद्ध बयान हो – सिक्किम सरकारले डा. अजय कुमारमाथि आपराधिक अनि देश विरोधी मुद्दा लगाउॅछ कि लगाउॅदैन ? चासोको विषय भएको सभासद विनय तामाङले बताएका छन्।


Share this news
आजको रोजाइ
सेभोक पुलिसद्वारा लागु औषधसहित पाँचजना पक्राउ

सेभोक पुलिसद्वारा लागु औषधसहित पाँचजना पक्राउ

शहीद दिवस सम्बन्धी गाड़ीधुरामा भागोप्रमोको सभा

शहीद दिवस सम्बन्धी गाड़ीधुरामा भागोप्रमोको सभा

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो

गोरामुमोले अब साङ्गठनिक गतिविधि बढ़ाउने

गोरामुमोले अब साङ्गठनिक गतिविधि बढ़ाउने

गोकमा भएको दुर्घटनामा मृत्यु भएका सिंगेल चियाबारी निवासी  मृतकको परिवारलाई विभागबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान

गोकमा भएको दुर्घटनामा मृत्यु भएका सिंगेल चियाबारी निवासी मृतकको परिवारलाई विभागबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान

फुर्वा भुटिया बने मगनको अतिरिक्त राजनीतिक सचिव

फुर्वा भुटिया बने मगनको अतिरिक्त राजनीतिक सचिव

डीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

डीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

राष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

राष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

विधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने

विधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने

आजको रोजाइ