Bimal Gurung Mirik Tour
Bimal Gurung Mirik Tour

मिरिकबासीलाई धन्यवाद दिन बिमल गुरूङ 31 मईमा मिरिक आउने

Share this news

गाेर्खा जनमुक्ति माेर्चा अध्यक्ष बिमल गुरूङ आगमी 31मईकाे दिन मिरिक आउने एउटा प्रेसभेलाकाे आयाेजना गरेर मिरिक महकुमा समितिका प्रवक्ता अर्पण राईले बताएका छन्। गुरूङ गत 27 मईकाे दिन मिरिक आउने कार्यक्रम थियाे तर उनकाे कतिपय ब्यस्तताले उक्त कार्य स्थगित गरेर 31 मईमा कार्यक्रम गरिने तय भएकाे बताए। राईले पश्चिम बंगाल राज्यमा भएकाे गत विधान सभा चुनाउपछि गुरूङकाे पहिलाे भ्रमण मिरिकबासीलाई धन्यवाद ज्ञापन गर्नु रहेकाे जानकारी गराउँदै गुरूङकाे मिरिक भ्रमणलाई लिएर पार्टी कार्यकर्ताहरूमा उत्साह रहेकाे बताए। मिरिक भ्रमणकाे अवधि गुरूङले यहाँका पार्टी कार्यकर्ताहरूसित भेट गर्ने अनि जनसम्बाेधन पनि गर्ने जानकारी  गराउँदै  उक्त दिन धेरैजना गाेजमुमाेमा समावेश पनि हुने बताए। तिनले गाेर्खाजातिकाे आँटी र मुद्धाप्रति समर्पित रहेका नेता बिमल गुरूङ मात्रै रहेकाे कारणले उनकाे नेतृत्वमा नै गाेर्खा जातिले न्याय पाउने कुराेमा गाेर्खाजाति आशावादी रहेकाे बताउँदै चुनाउ परिणामपछि गाेजमुमाेमा सामेल हुनेहरूकाे संख्यामा लगतार वृद्धि भइरहेकाे बताए।  तिनले बिमल गुरूङकाे मिरिक भ्रमण अवधि यहाँका माेर्चा नेतृत्वहरूसित साँगठनिक गतिविधि पनि चर्चा गरिने बताए भने कार्यक्रम यहाँकाे कृष्णनगर अस्पताल परिसरबाट रैलीकाे रूपमा शुरू भएर मिरिक सार्वजनिक भवनमा पुगेर धन्यवाद सभामा परिणत हुने जानकारी दिए। उक्त कार्यक्रममा गाेर्खाका सम्पूर्ण समुदाय, अल्पसंख्यक समुदाय लगायत पार्टी कार्यकर्ताहरूलाई सहभागी भइदिने अनुराेध पनि तिनले गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ