कलकत्ता धरनाबाट दार्जीलिङ्ग फर्केपछि बुथ नम्बर 23/94 सोम दोस्रो बिभागका आई.जी.जे.एफ.-का प्रतिनिधिहरुसित सांगठनिक चर्चाको निम्ति सोम-तकभर समष्टि अध्यक्ष भरत तामङ्गले कोठे बैठक गर्दै आई.जी.जे.एफ.-का प्रतिनिधिहरुले कलकत्तामा श्रम विभागीय सचिवालयअघि मिनिमम वेजेसको माग गर्दै धरना प्रदर्शन गरको बारेमा जानकारी गराए। आइजीजेएफले पूर्वघोषित कार्यक्रमअनुसार बुधबार कोलकताको श्रम विभागीय सचिवालयअघि मिनिमम वेजेसको माग गर्दै धरना प्रदर्शन गरयो। यसमा इण्डियन गोर्खा जनशक्ति फ्रन्टका संस्थापक केन्द्रीय संयोजक अजय एडवडर्सले पनि अंश ग्रहण गरेका थिए। त्यसैगरी पहाड, तराई र डुवर्सका कार्यकर्ता तथा चिया श्रमिकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
कोलकताको श्रम विभागीय सचिवालय अघि आइजीजेएफले लामो समयसम्म धरना प्रदर्शन गरेको थियो। चिया श्रमिकहरूको दैनिक ज्याला २ सय ५० रुपैयाँ छ, तर त्यसमा पनि ३० रुपैयाँ पीएफको लागि कटौती गर्दा श्रमिकहरूको हातमा २ सय २० रुपैयाँ मात्र पर्छ। यति कम दैनिक रोजीले आफ्नो घर–परिवारको पालनपोषण गर्न अत्यन्तै कठिन हुने भएकाले पहाड, तराई र डुवर्सका चिया बगानहरूमा अविलम्ब मिनिमम वेजेस लागू गरियोस् भन्ने माग गर्दै हामीले आवाज उठाउँदै आएका तामाङले बताए।
धरना प्रदर्शनपछि हामीले श्रम मन्त्रालयमा मिनिमम वेजेस शीघ्र लागू गर्ने मागसहित ज्ञापनपत्र चढाएको बताउँदै पहाड, तराई र डुवर्सका चिया बगानहरूमा मिनिमम वेजेस लागू गर्ने माग गर्दै हामीले विगतमा राज्यका श्रम मन्त्री मलय घटकसँग भेट गरी ज्ञापनपत्र चढाएको तामाङले जानकारी गराए।
योभन्दाअघि सिलगढीको डागापुरस्थित श्रम आयुक्तसमक्ष पनि ज्ञापनपत्र चढाएका थियौँ। साथै श्रमिक भवन परिसरमा धरना प्रदर्शन पनि गरेका थियौँ। त्यसैगरी चिया बगानहरूमा राँके जुलुस, गेट मिटिङ आदि कार्यक्रमहरूको आयोजना गर्दै आएका छौँ। मंगलबार कोलकाता प्रस्थान हुनुअघि सिलगढीको डागापुरस्थित श्रमिक भवन अघि पनि धरना प्रदर्शन गरेको बताए।
कोलकताको श्रम विभागीय सचिवालय अघि पहाड, तराई र डुवर्सका चिया बगानहरूमा मिनिमम वेजेस लागू गर्ने माग गर्दै धरना प्रदर्शन गर्यौँ तथा ज्ञापनपत्र पनि चढाएका छौँ। आउने दिनहरूमा के कस्ता कार्यक्रमहरू गर्ने भन्ने विषयमा पहाड पुगेर छलफल गरी निर्णय गर्ने तामाङले बताए।












