Bharat Tamang accuses of widespread corruption in S.V. Grant money

एस.वी. ग्रान्टको पैसामा धेरै भष्ट्रचार भएको भरत तामाङको आरोप

Share this news

इण्डियन गोर्खा जन शक्ति फ्रण्ट, पूल विजनबारी प्रभारी भरत तामाङले भनेका छन्, हामीले लगाएको आरोप झूठो हो भने हामी विरूद्ध मामिला दर्ता गर। पूल बजार विजनबारी खण्डको विभिन्न ग्राम पञ्चायतहरूमा घोटाला भएको आरोप लगाएका थियौ अनि हामीले झूठो आरोप लगाएका थिएनौं, त्यसको प्रमाण हामीसङ्ग छ। गत केही महिनाअघि पहाडमा विनाशकारी पैह्रो गएको थियो, त्यस पैह्रोले धेरैको ज्यान लिएको थियो अनि धेरै परिवारहरू घर विहिन भएका छन्। पैह्रोमा ज्यान गुमाउने परिवारहरूले आर्थिक सहयोग पाइसकेका छन्। त्यसरी नै पैह्रोले घरविहीन बनाएका परिवारहरूलाई पनि सरकारले घर निर्माणको निम्ति आर्थिक सहयोग प्रदान गरेको छ। तर तर दुःखको कुरा के हो भने पीडितहरूले पाउनु पर्ने घर निर्माणको आर्थिक सहयोग निर्वाचित सभासद, निर्वाचित ग्राम प्रधान, ग्राम पञ्चायत सदस्य साथै उनीहरूको परिवार तथा आफन्तहरूले पाइसकेका छन्। पीडितहरूलाई दिएको सरकारी साहुलियतदेखि पैह्रो पीडित परिवारहरू वञ्चित भएका छन्। पीडितहरूको नाममा आएको पैसामाथि भष्ट्रचार गर्नेहरूलाई हामी कदापी छोडने छैनौं। हामी प्रत्येक ग्राम पञ्चायत प्रधान साथै ग्राम पञ्चायत सदस्याहरूलाई व्यक्तिगत रूपमा फोन गरेर सोध खोज गर्ने कामहरू गर्दै आइरहेका छौं। जसमा कतिपय प्रधानहरूले आफुहरूले गरेको गलतीलाई स्वीकार समेत गरिसकेका छन्। कतिपय प्रधान अनि निर्वाचित सभासदहरूले सरकारी नियम अनुरूप नै वितरण गरेको समेत बताएका छन्। सरकारले घर निर्माणको राशी, बारीको डिल भत्किन्दा, सुँगुरको खोर भत्किन्दा, बाख्राको खोर भत्किन्दा पाउने सहुलियत होइन अनि घर निर्माणको पैसा महिनामा उसको कति कमाइ छ भन्ने एउटा नियम पनि छ।निर्वाचित सभासदहरू पनि गरीबी रेखा मुनिकाहरू छन ? विगतमा मैले कालेबुङको एक जना प्रधानको बारेमा बोलेको थिएँ। तर यस पटक प्रधानभन्दा गरीब जीटीएको निर्वाचित सभासद पाएँ। भरत तामाङले भने, जो सत्ता दलको निर्वाचित सभासद हुन साथै उनी जीटीएको प्रभावशाली विभागको भारप्राप्त सभासद हुन्। उनको घरमा तीन चारवटा गाडी, जेसीपी, होम स्टे सबै थोक छ। तर माहिनामा 25 सयभन्दा कम्ति कमाइ गर्ने गरीब परिवारहरूको निम्ति सरकारले उपलब्ध गराएको सहुलियत खोस्ने काम गरेको छ। कतिपय ग्राम पञ्चायतको सदस्य साथै कर्मचारीहरूले, हामी पनि पीडित नै हौं, तर हामीले लिएको सहुलियत फर्कायौं पनि भनेका थिए अनि आफु अर्को विपक्षी पार्टीको निर्वाचित सभासद तथा ग्राम पञ्चायत सदस्य भएको कारणले अफवाह फैलाएको आरोप समेत लगाउँदै थिए। हामीले लगाएको आरोप झूठो हो भने हामी विरूद्ध कोर्टमा मामिला दर्ता गर्नु। यदि तपाईंहरूले हामी विरूद्ध मामिला दर्ता गर्न नसक्ने भए अब हामी तपाईंहरू विरूद्ध मामिला दर्ता गर्नेछौं। तामाङले, जनताको पैसा त्यसरी लिनु पाइन्दैन भन्दै तपाईंहरूले जनताअघि गएर माफी माग्नु पर्ने हो। निर्वाचित प्रधानहरू पनि सन्चोले नबस्दा हुन्छ।हामीले प्रत्येक प्रधानहरूको जाँच गर्दैछौं। उनले भने, हामी भष्ट्रचारको जडसम्म पुग्ने छौं, हामी भष्ट्रचारीहरूलाई छोडने छैनौं। भरत तामाङले, पीडितहरूको मन राख्नलाई फारम सी भर्ने सुझाव दिन्दैछ, तर फारम सी दर्ता गरेर ती पीडितहरूले सरकारी साहुलियत पाउँछ नै भन्ने कुनै ग्यारेन्टी छैन। एस.बी. ग्रान्टको पैसा कस्तो मानिसहरूले पाउँछ, तपाईंहरूलाई यति कुरा पनि थाहा थिएन ? खोला छेउमा पैह्रो झर्दा बिल्डिङगै झरयो भनेर पैसा थाप्ने? हामीले त्यसै आरोप लगाएका छैनौ, निर्वाचित सभासदले एस.बी. ग्रान्टको पैसामा तपाईंले आफ्नो कुन आधारमा लगाउनु भयो ? खोलामा बनाएको होम स्टे, रिसोर्ट छेउमा पैह्रो झर्दा एस.बी. ग्रान्टको पैसा थाप्न तपाईंलाई लाज लागेन ? सरकारी अनुदान भन्ने कुनै नछोडनु यो त अचम्भ भयो।
भरत तामाङले भने, अब जनता पनि सचेत हुन पर्छ, तपाईंहरू आफ्नो हक र अधिकारको लडाईं आफै लड्नु पर्छ, अरूले खोजिदिन्छ भन्ने आशामा नबस्नु होस्।तपाईंहरूले आफ्नो हक र अधिकारको कुरा गर्दा कसैले तपाईंहरूको आवाजलाई दबाउन खोज्छ भने तपाईंहरूको साथमा हामी उभिने छौं। जिल्लापालदेखि मुख्यमन्त्री साथै आवश्यक परेको खण्डमा न्यायलयसम्म जान तयार छौं।


Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

आजको रोजाइ