पर्यावरणविद् राईको दार्जीलिङ पहाडका केही चरा चुरुङ्गीहरु र पर्यावरणमा भूमिका-को लोकार्पण

Share this news

दार्जीलिङ, 3 अगस्त दार्जीलिङ(निस): आइतबार, दार्जीलिङको एक प्रशिद्ध पर्यावरण संरक्षण गैरसरकारी संस्थान फोसेप(फेडरेसन अफ सोसाइटी फर इन्भाइरोमेन्ट प्रोटेक्सन)-को आयोजनामा नेपाली साहित्य सम्मेलनको सुधपा प्रेक्षा गृहमा पर्यावरणविद् भरत प्रकाश राईकृत दार्जीलिङ पहाड़का केही चरा-चुरुङ्गीहरु र पर्यावरणमा भूमिकाको लोकार्पण सम्पन्न गरियो।
उक्त कार्यक्रम दार्जीलिङ फोसेप-का अध्यक्ष मणिकुमार क्षेत्रीको अध्यक्षता, पूर्व अतिरिक्त जिल्लापाल साथै होमियोप्याथी डाक्टर, आजपर्यन्त आफ्ना दश कृतिहरू पाठकलाई सुम्पिसकेका स्रष्टा, क्षयरोग अनुसन्धानकर्ता लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित स्रष्टा डा. पीके छेत्रीको प्रमुख आतिथ्य, साहित्य अकादेमी नेपाली भाषा परामर्श समितिका पूर्व संयोजक साथै अग्रज साहित्यकार डा. जीवन नामदुंग, अवकाश प्राप्त डीएफओ एमएस राई, सीसीएफ गंगा छेत्री, वरिष्ठ चित्रकार हेमु राई, फोसेप सहसचिव अरूण राई साथै कृतिकार भरत प्रकाश राईको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न गरियो। कार्यक्रमको दोस्रो चरणमा उपस्थित अतिथिहरुमा श्रद्धा अर्पण गरिएपछि, अतिथिहरुको बाहुलीबाट दीप प्रज्वलन प्रस्तुत गरियो। दीप प्रज्वलन गरिएपछि, साहित्यकार कवि तथा नेपाली साहित्य सम्मेलनका सहसचिव जोगेन दर्नालबाट स्वागत सम्बोधन प्रस्तुत भयो। यसपछि कार्यक्रमलाई मनोरञ्जन प्रदान गर्दै, सन्त रोबर्ट्स उच्चतर माध्यमिक विद्यालयका विद्यार्थी, साथै युवा कवि रसज्ञ गुरुङले अंग्रेजीमा ट्री अनि नेपालीमा प्रकृतिलाई जित्छु भन्नेहरु कविता वाचन गरेर सुनाए। यसपछि, कृति दार्जीलिङ पहाड़का केही चरा चुरुङ्गीहरु र पर्यावरणमा भूमिकाको उपस्थित अतिथिहरूको बाहुलीबाट विधिवत लोकार्पण गरियो। कृति विमोचनको घोषणा गर्दै डा. जीवन नामदुङद्वारा कृतिकारलाई बधाई स्वरुप कृति विमोचनको घोषणा गरियो। यसरी नै लोकार्पण कृतिमाथि विशिष्ट अतिथि डाक्टर जीवन नामदुङद्वारा विस्तारपूर्वक गहनरुपमा कृतिमाथि वक्तव्य प्रस्तुत गरियो। यसपछि लोकार्पित कृतिका कृतिकारको परिचयलाई साहित्यकार, पत्रकार सबिता थापा संकल्पले प्रस्तुत गरेकी थिइन् भने, उक्त सम्पूर्ण कार्यक्रमलाई पनि सबिता थापा संकल्पद्वारा नै सञ्चालन गरिएको थियो। यसरी नै, कृतिकारको परिचयपछि कृतिकार स्वयं भरत प्रकाश राईद्वारा पर्यावरण सम्बन्धी साथै विभिन्न प्रजातिका चराहरुको विषयमा पनि विस्तारपूर्वक आफ्नो मन्तव्य प्रस्तुत गरे।
यसपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. पीके छेत्रीले विशेषगरी भरत प्रकाश राईले पर्यावरण क्षेत्रमा गर्दै आएको महत्वपूर्ण कार्यलाई केन्द्रित गर्दै बधाई टक्र्याउँदै आफ्नो सारगर्वित मन्तव्य प्रस्तुत गरे। यसपछि दार्जीलिङ फोसेपका सहसचिव अरुण राईद्वारा फोसेपले आजपर्यन्त गर्दै आइरहेका विभिन्न कार्यप्रणालीहरूमाथि प्रकाश पार्दै आफ्नो वक्तव्य प्रस्तुत गरे। कार्यक्रमको अन्तिम चरणमा फोसेप-का अध्यक्ष मणि कुमार क्षेत्रीले अध्यक्षीय सम्बोधन गर्दै उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापनको घोषणा गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ