खरसाङमा यस पल्ट भव्य रुपमा भानु जयन्ती

Share this news

खरसाङमा यसपाली भव्य रुपमा भानु जयन्ती समारोह सम्पन्न हुने भएको छ। यसपाली खरसाङमा सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमा र गोर्खा जनपुस्तकालय खरसाङको संयुक्त आयोजनामा आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती समारोह आयोजना गरिने भएको छ। उक्त भानु जयन्ती समारोह अन्तर्गत अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने भएको विभाग खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभागका अधिकारी अनिर्बन दामले जानकारी गराएका छन्। उनले बताए अनुसार कवि भानुभक्त आचार्यको जन्म जयन्ती पालनसितै खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरुलाई लिएर अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने छ। उनले खरसाङमा आयोजित भानु जयन्ती अन्तर्गत बिहान 10 बजी खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा रहेको आदि कवि भानुभक्त आचार्यको सालिगमा श्रध्दाञ्जली अर्पण कार्यक्रम आयोजना गरिने र 11 बजीदेखि खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने छ। यसको साथै आदि कवि भानुभक्त आचार्यको फुटकर कविताहरू वाचन र विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने छ। उनले यसपालीको भानु जयन्ती समारोहमा मुख्य अतिथिको रुपमा सोनादा डिग्री कलेजका प्रध्यापक मेघनाथ छेत्री उपस्थित रहने जानकारी गराएका छन्। यसपालीको भानु जयन्ती कार्यक्रममा खरसाङ क्षेत्रका कलेज, विभिन्न विद्यालय, विभिन्न संघ-संस्थाका प्रतिनिधि, गोर्खा जनपुस्तकालय खरसाङका सदस्य-सदस्याहरू सबैलाई पत्रचार गरिएको बताउदै सबैलाई कार्यक्रममा उपस्थित भईदिने अनुरोध पनि गरेका छन्। खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभागका अधिकारी अनिर्बन दामले जानकारी गराए अनुसार यसपालीको भानु जयन्ती समारोहमा भारतीय महिला फुटबल टीमका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई पनि सम्मान जनाइने कार्यक्रम रहेको बताएका छन्। दामले कार्यक्रममा स्थानीय प्रशासन, खरसाङ महकुमा अधिकारीको सहयोगमा पनि आयोजना गरिने भएको पनि बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ