“आगामी दिनहरुमा जीटीएको भानु जयन्ती, नेपाली साहित्य सम्मेलनको भानु जयन्ती नभएर एउटै मञ्चमा उभिएर भानु जयन्ती मनाउनु पर्छ :” अनित थापा

Share this news

दार्जीलिङ, 14 जुलाई (निसं):आज गोर्खा रङ्गमञ्च, दार्जीलिङ्गमा सूचना अनि संस्कृति विभागको तत्वावधानमा आदिकवि भानुभक्त आचार्यको 211औं जन्मजयन्ती अनि पुरस्कार अलङ्करण समारोह 2025 आयोजना गरियो।समारोहमा साधारण दर्शकहरुको सहभागिता कम्ती रहेकोमा आफ्नो असन्तुष्टि प्रकट गर्दै कार्यक्रमका मुख्य अतिथि जीटीए मुख्य कार्यपाल अनित थापाले भने, “आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती हाम्रो जातीयता दर्शाउने एउटा पर्व नै हो। हामी जाती प्रेमी छौं। जातिको कुरा गर्छौ। तर जब आजको समारोह झैं जातीयता दर्शाउने पर्वहरु आउँछ, त्यहाँ सहभागिता धेरै कम्ती पाउँछु। जातिको पर्वमा जनभेला पनि धेरै हुनु पर्ने थियो। यस कुरा माथि हामीले मनन गर्नुपर्छ।”थापाले अघि भने, ” दार्जीलिङमा वर्षै पछि भानु जयन्ती अलग अलग संस्थाहरुले अलग अलग तरिकाले मनाउने गर्छ। बिहान चौरस्ताम अवस्थित भानु सालिकमा सबैजना एक ठाउँमा देख्छौ त्यसपछि आफनो आफ्नै कार्यक्रममा जान्छन्। आगामी दिनहरुमा जीटीएको भानु जयन्ती, नेपाली साहित्य सम्मेलनको भानु जयन्ती भने अलग अलग कार्यक्रम होइन, एउटै मञ्चमा भानु जयन्ती कार्यक्रम हुनुपर्छ। हामीले यस्ता महत्वपूर्ण कार्यहरुमा एकजूटता देखाउनु नै सकेका छैनौं।”जीटीएले हरेक वर्ष विभिन्न विधाहरूमा उत्कृष्ट कार्यको निम्ति पुरस्कार प्रदान गर्ने गर्छ। आज गोर्खा रङ्गमञ्च, दार्जीलिङ्गमा आयोजित आदिकवि भानुभक्त आचार्यको 211औं जन्मजयन्ती अनि पुरस्कार अलङ्करण समारोह 2025 मा यस वर्षको निम्ति पुरस्कारले अलङ्कृत हुने स्रष्टाहरु निम्न छन्:१. भानु पुरस्कार ( साहित्य विद्या ) : नन्द हाङखिम
२. पादरी गङ्गा प्रसाद स्मृति पुरस्कार ( पत्रकारिता): प्रमोद गिरी
३. डीबी परियार स्मृति पुरस्कार(नाट्य/सिनेमा)- तेज बहादुर बराईली
४. जी डगलस स्मृति पुरस्कार(चित्रकला): सिद्धार्थ राई
५. धनबिर मुखिया स्मृति पुरस्कार(सामाजिक कार्य) मरणोप्रान्त- स्व. पञ्चरत्न प्रधानस्व पञ्चरत्न प्रधान ज्युलाई मरणोप्रान्त धनबिर मुखिया स्मृति पुरस्कार(सामाजिक कार्य) प्रदान गरिएको पुरस्कार उनका पुत्र नवरत्न प्रधान ज्युले ग्रहण गर्नु भयो। उहाँले पुरस्कारमा पाइएको राशिलाई कालेबुङबाट सञ्चालित हुने सामाजिक कार्यमा संलग्न “दिशा” (DISHA) नामक गैरसरकारी संस्थालाई प्रदान गर्नुभयो। यस संस्थालाई स्थापना गर्न स्व पञ्चरत्न प्रधान ज्यूको ठूलो हात रहेको उहाँले बताउनु भयो। जीटीएले वर्ष 2026 देखि उपन्यासकार प्रकाश कोविद अनि लोक गायिका हिरादेवी वाइबाको स्मृतिमा पुरस्कार प्रदान गर्ने सूचना अनि संस्कृति विभागको कार्यकारी सभासद अनाेस थापाले घाेषणा गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ