खरसाङमा 212 औँ भानु जयन्ती समारोहमा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता सम्पन्न

Share this news

खरसाङ, 13 जुलाई (हनोक): महकुमा सूचना अनि सांस्कृतिक विभाग खरसाङ, पश्‍चिम बंगाल सरकार एंव गोर्खा जनपुस्तकालय खरसाङको संयुक्त तत्वावधानमा खरसाङमा आदि कवि भानुभक्त आचार्यको 212 औँ जन्म जयन्ती समारोह सम्पन्न भएको छ। खरसाङमा आयोजित 212 औँ भानु जयन्ती समारोहको पूर्वार्ध्दमा खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा श्रध्दाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा सभाध्यक्षको रुपमा गोर्खा जनपुस्तकालयको सभापति रबीनकुमार प्रधान अनि प्रमुख अतिथिको रुपमा सोनादा डिग्री कलेजका प्राध्यापक मेघनाथ छेत्री उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, सभासद श्याम शेर्पा, महकुमा सूचना अनि सांस्कृतिक विभाग खरसाङको अधिकारी अनिर्बन दाम, पूर्व पार्षद प्रेमेन्द्र गुरुङ, द्वारिका बराइली आदि उपस्थित रहेका थिए। कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र विभिन्न विद्यालयहरुका विद्यार्थीहरुले आदि कवि भानुभक्त आचार्यको सालिगमा श्रध्दाञ्जली अर्पण गरेका थिए। यस कार्यक्रमलाई पुस्तकालयको मूल सचिव विनोद रसाइलीले सञ्चालन गरेका थिए भने कार्यक्रमलाई सभाध्यक्ष रबीनकुमार प्रधानले सम्बोधन गरेका थिए। भानु जयन्ती समारोहको उत्तरार्ध्दको कार्यक्रम खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न भएको थियो। यस कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरुका बाहुलीबाट आदि कवि भानुभक्त आचार्यको तस्वीरमा धुप दीप प्रज्वलन गरी श्रध्दाञ्जली अर्पण गरिएको थियो। यसै कार्यक्रम पद्यश्री सम्मानले सम्मानित सिक्किमका वरिष्ठ साहित्यकार सानु लामाको निधनमा मौन धारण गरेर श्रध्दाञ्जली अर्पण गरिएको छ। कार्यक्रमलाई शिक्षिका गोमा सुब्बा र रचना अनाकरले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण महकुमा सूचना अनि सांस्कृतिक विभाग खरसाङको अधिकारी अनिर्बन दाम र गोर्खा जनपुस्तकालयको मूल सचिव विनोद रसाइलीले राखेका थिए। कार्यक्रममा स्वागत गीत साथै नृत्य सूचना अनि सांस्कृतिक विभागको कलाकारहरुले प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता सम्पन्न भएको छ। यस रामायण पाठ प्रतियोगितामा निर्णायकगणमा साहित्यकार उषाकिरण सत्यदर्शी, गायिका सुचिता खाती र साहित्यकार सञ्जीव छेत्री उपस्थित रहेका थिए भने समय सचेतकको रुपमा प्रसनजित छेत्री उपस्थित रहेका थिए। यस अन्तर विद्यालय रामायण पाठ प्रतियोगितामा जम्मा सातवटा विद्यालयहरुले सहभागिता जनाएका थिए जसमा प्रथम सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालय, दोस्रो पञ्चवत्ती उच्चत्तर माध्यमिक विद्यालय र तेस्रो रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालय भएका छन्। त्यसरी नै सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालय दिलराम चौथो, पुष्परानी उच्चत्तर माध्यमिक विद्यालय पाँचौं र सन्त अल्फन्सेस र स्कट मिशन उच्चत्तर माध्यमिक विद्यालय संयुक्त रुपमा छैटौँ बनेका छन्। यस रामायण पाठ प्रतियोगितामा प्रथम हुनेलाई ट्रफीसहित पीएल धमला स्मृति नगदराशि 10 हजार रुपियाँ, दोस्रो हुनेलाई ट्रफीसहित 5 हजार र तेस्रो हुनेलाई ट्रफीसहित 3 हजार रुपियाँ प्रदान गरिएको छ। कार्यक्रमलाई साहित्यकार उषाकिरण सत्यदर्शीले सम्बोधन गर्दै आदि कवि भानुभक्त आचार्य विषयमा मोतिराम भट्टले लेखेपछि सबैलाई थाहा भएको र। हामीले मोतिराम भट्टलाई पनि सम्झना गर्नु आवश्यक रहेको बताएकी छन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो सम्बोधन राख्दै प्राध्यापक मेघनाथ छेत्रीले भानु जयन्ती हामीले भानुभक्त आचार्यको कर्मको पूजा गरिएको र भानु जयन्ती हामीले उत्सवको रूपमा मनाउनु पर्ने बताएका छन्। उनले भने, भानुभक्तले घाँसीलाई प्रतिक बनाएर प्रेरणा लिएका थिए र जनहितको लागि कार्य गर्दै रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेका थिए। भानुभक्तले नि:स्वार्थ रुपमा नेपाली जातिको लागि कार्य गरेका थिए। हामीले भानुभक्तको जीवनीबाट संघर्षको पाठ सिक्नुपर्छ। भानुभक्तले जस्तो मेहनत गर्ने, संघर्ष गर्ने र क्रान्ति गर्ने कुराहरु नानीहरुलाई सिकाउनुपर्छ। प्राध्यापक मेघनाथ छेत्रीले अघि भने, भानु जयन्तीलाई हामीले क्रान्तिको रुपमा लिनुपर्छ। भाषिक र सांस्कृतिक क्रान्तिको रुपमा लिनुपर्छ। कार्यक्रममा गोर्खा जनपुस्तकालय खरसाङको कोषाध्यक्ष उत्तम गुरुङले धन्यवाद ज्ञापन गरेका थिए भने सभाध्यक्ष रबीनकुमार प्रधान आदिले सम्बोधन गरेका थिए। खरसाङमा आयोजित भानु जयन्ती समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खा जनपुस्तकालय खरसाङको मूल सचिव विनोद रसाइलीले विस्तृत रुपमा जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ