शारदेश्वरी सरकारी कन्या उच्च विद्यालयद्वारा भानु जयन्ती पालन

Share this news

दार्जीलिङ, 20 जुलाई (निस): शारदेश्वरी सरकारी कन्या उच्च विद्यालयको तत्त्वधानमा गोर्खा रङ्गमञ्च भवनमा 211औँ भानु जयन्ती एवं सांस्कृतिक समारोह भव्यरुपमा सम्पन्न गरियो । उक्त कार्यक्रम शारदेश्वरी सरकारी कन्या उच्च विद्यालयका प्रधान अध्यापिका सीमा पाख्रिनको अध्यक्षता,  रिचार्ड लेप्चा एसडीओ दार्जीलिङको प्रमुख आतिथ्य,
साहित्यकार डा. राजकुमार छेत्री प्राध्यापक दार्जीलिङ सरकारी कलेज, प्रवीण जिम्बा पूर्व प्रधानाध्यापक दार्जीलिङ सरकारी उच्च माध्यमिक विद्यालय,  डा. मिलन तामाङ प्रधान अध्यापक रामकृष्ण शिक्षा परिषद उच्च माध्यमिक विद्यालय दार्जीलिङ लगायत अन्य विशिष्ट गणमान्य व्यक्तिहरूको विशिष्ट आथित्यमा उक्त कार्यक्रम सम्पन्न गरियो। शिक्षिका पुष्प लिम्बू अनि अर्मिना गजमेरद्वारा सञ्चालन गरिएको यस कार्यक्रमको प्रथम चरणमा अतिथिहरूको आसन ग्रहण गरिएपछि दीप प्रज्लनसँगै विद्यालय गीत प्रस्तुत गरियो। यसपछि शिक्षिकाहरूद्वारा वेद मन्त्र गरिएपछि विद्यालयका विद्यार्थी तनु कर्माकरद्वारा सरस्वती बन्दना प्रस्तुत गरियो। विद्यालयका शिक्षिकाहरूद्वारा रामायण पाठ अनि स्वागत सम्बोधन गरिएपछि विद्यालयका प्रधान अध्यापिका सीमा पाख्रिनले शारदेश्वरी विद्यालयको स्थापना कसरी भयो अनि स्वामी प्रभुद्धानन्दको  शारदेश्वरी विद्यालयप्रति के योगदान छ अनि विद्यालयको नामाकरण कसरी शारदेश्वरी भयो त्यसबारे विस्तृत रुपमा प्रकाश पारिन्। उक्त समारोहमा विद्यालयका विद्यार्थीहरूद्वारा कविता पठन, भानुभक्तीय रामायण साथै सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा अतिथि कलाकार एनके खड्काद्वारा भायोलिन-मा सांगीतिक धुनहरू प्रस्तुत गरे। विद्यालयका शिक्षिका प्रविका पौडेलले कविता पठन गरेपछि कार्यक्रमको अन्तिम चरणमा विद्यालय परिवारद्वारा फेशन-शो पनि प्रस्तुत गरिएको थियो। समारोहलाई प्रमुख अतिथि रिचार्ज लेप्चा, विशिष्ट अतिथि डा. राजकुमार क्षेत्रीले पनि सम्बोधन गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ