साहित्य संगीत कला संस्थान लेबोङ्द्वारा भानु जयन्ती पालन 

Share this news

दार्जीलिङ,18 जुलाई(निसं): ढिलो समाचार प्राप्त अनुसार,गत आइतबारको दिन साहित्य संगीत कला संस्थान लेबोङ्द्वारा आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती धुमधामसंग पालन गरियो। संस्थानका सभापति सुरेन गुरूङ्को अध्यक्षतामा प्रमुख अतिथि अजीत बस्नेत अनि विशिष्ठ अतिथि विकास छेत्रीको उपस्थितिमा कार्यक्रम सञ्चालन भयो। सचिव आशिष राईद्वारा स्वागत सम्बोधन राखेपछि, प्रयागी शर्माको स्वागत नृत्य प्रस्तुत थियो संस्थानका सदस्यहरू क्रमैले रमेश चन्द्र शर्मा, देवप्रकाश शंकर, प्रेमलता राई, पिंकी गजमेर, देविका छेत्री, नम्रता संस्कारद्वारा रामायण पाठ गरियो भने संस्थानका संरक्षक पुकार गुरूङ्ले भानु जयन्तीको महत्व माथि सारगर्भित सम्भाषण राख्नु भयो। भर्खरै मात्र दिवङ्गत कविद्वय कवि सानु लामा अनि कवि बिमल खतिवड़ाप्रति मौन धारण अर्पण पछि कवि गोष्ठीको आयोजना गरिएको थियो। कविहरू क्रमैले, काव्य सुवेदी, अनिसा राई, सिमरण गुरूङ, सीएल शर्मा, रेमित लेप्चा,प्रगति बिश्वाकर्मा, दिवस छेत्री, संजीव थापा, दिपक चाम्लिङ, नम्रता संस्कार, आशिष राईले स्वरचित कविताहरू वाचन गरि कार्यक्रमलाई  रोचक बनाएका थिए। संस्थानको पक्षबाट सहभागी कविहरूलाई प्रमुख अतिथि  बिशिष्ठ अतिथि साथै संरक्षकको बाहुलीबाट प्रमाण पत्र प्रदान गरियो ।प्रमुख अतिथि साथै विशिष्ठ अतिथिबाट मन्तव्यहरू राखिएपछि सभापतिद्वारा धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गरियो भनी साहित्य संगीत कला संस्थानले बताएको छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ