घलेटार सार्वजनिक भवनमा भानु जयन्ती पालन

Share this news

सिटोङ लाटपञ्चर समष्टि क्षेत्रका प्राथमिक पाठशालाहरु एवं एचटीपीटीएको संयुक्त आयोजनामा २११ औं भानु जयन्ती समारोह सिटोङ -१ ग्रामपञ्च्यात स्थित घलेटार सार्वजनिक भवनमा भव्य रुपमा पालन गरियो। उक्त अवसरमा प्राथमिक पाठशाला बोर्ड जिल्ला अध्यक्ष तिलकचन्द्र रोका प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए भने कार्यक्रम अध्यक्ष शिक्षक सुनिल राईको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैगरि विशिष्ट अतिथिहरुमा सिटोङ -२ अनि ३ ग्रामपञ्च्यात प्रधान रिना तामाङ समीर कार्की सभासद प्रतिनिधि रतन गुरुङ पञ्च्यात समिति उपसभापति नारायण थापा, कर्माध्यक्ष एण्ड्रयु सुब्बा, शेखर थापा आदि उपस्थित रहेका थिए। धेरै वर्षपछि पुनः यसरी प्राथमिक पाठशाला अनि शिक्षक संगठनले समष्टि स्तरमा भानुजयन्ती पालन गरेर भानु जयन्तीको गरिमा पुनः फर्काउन समय सापेक्ष पहल गरेको थियो। साहित्यकार प्रकाश हाङ्गखिमले भानुभक्तमाथि जानकारीमूलक वार्ता पेश गरेका थिए। उक्त समारोहमा सिटोङ लाटपञ्चर क्षेत्रका धेरै वटा प्राथमिक पाठशालाहरुले कार्यक्रम सहित सहभागीता जनाएका थिए । नानीहरूले रामायण पाठ कविता वाचन तथा सुन्दर नृत्यादि प्रस्तुत गरे भने शिक्षक शिक्षिकाहरुले पनि गीत नृत्य पस्केका थिए। कार्यक्रममा प्राईमेरी शिक्षा बोर्ड मेम्बर शिशिर राईले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई पासाङ लक्की शेर्पा र शिक्षक अमर चामलिङले संचालन गरेका थिए । साथै उक्त समारोहमा करमठ वनवस्तीका भावना तामाङले भारतीय सेतरमा निट र जेआरएफ परिक्षा उतिर्ण गरेवापत आयोजक समितिले सम्बर्द्धना पनि जनाएको थियो।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ