Bhagwat protests against derogatory remarks against the Gorkha community
Bhagwat protests against derogatory remarks against the Gorkha community

गोर्खा जातिविरुद्धको अपमानजनक टिप्पणीप्रति भागोपको बिरोध

Share this news

भारतीय गोर्खा परिसंघ (BGP) को असम राज्य समितिले शुक्रबार ND24 टेलिभिजनमा प्रसारित प्रत्यक्ष बहस कार्यक्रममा असम कांग्रेसका एक प्रवक्ताद्वारा गरिएको अत्यन्त अपमानजनक र जातीय टिप्पणीप्रति कडा निन्दा जनाएको छ। कांग्रेस प्रवक्ता शाहिजुद्दिन अहमदले राजनीतिक बहस कार्यक्रम ह्यासट्यागमा BJP का प्रवक्ता राजीव कुमार शर्मालाई लक्षित गर्दै “नेपाली” शब्दलाई होच्याउने र अपमानजनक तरिकाले प्रयोग गरेका थिए। भारतीय गोर्खा परिसंघले उक्त टिप्पणीलाई अत्यन्तै जातीय, गैरजिम्मेवार र गोर्खा समुदायको सम्मानमाथिको प्रत्यक्ष आक्रमणको संज्ञा दिएको छ।
भारतीय गोर्खा परिसंघ असम राज्य समितिका अध्यक्ष अमर अधिकारीले भने:
“यो जिब्रो चिप्लिएको कुरा होइन, यो खतरनाक मानसिकताको प्रतिबिम्ब हो। ‘नेपाली’ शब्दलाई जानीजानी र पटक–पटक गालीको रूपमा प्रयोग गर्नु लाखौँ भारतीय गोर्खाहरूको पहिचान र सम्मानमाथिको सीधा आक्रमण हो। गोर्खाहरू गौरवशाली भारतीय हुन्, जसले स्वतन्त्रता आन्दोलनदेखि लिएर सशस्त्र बल र सार्वजनिक सेवासम्म राष्ट्रका हरेक क्षेत्रमा सेवा र बलिदान दिंदै आएका छन्। यस्ता टिप्पणीहरूले आजसम्म पनि गोर्खाहरूलाई अवैध आप्रवासीको रूपमा चित्रित गर्ने प्रयास गर्छन, जुन ऐतिहासिक रूपमा गलत र सामाजिक रूपमा हानिकारक छ।”
उनले यति ठूलो सार्वजनिक मञ्चमा यस्तो भाषा प्रयोग भएकोप्रति आश्चर्य व्यक्त गर्दै पार्टी नेतृत्वको जिम्मेवारीबारे प्रश्न उठाए। “असम कांग्रेसले यस्तो व्यक्तिलाई कसरी लोकप्रिय टेलिभिजन च्यानलमा पार्टीको प्रतिनिधित्व गर्न अनुमति दियो ? वरिष्ठ कांग्रेस नेताहरूले यो भनाइ पार्टीको मानसिकता हो कि होइन स्पष्ट पार्नुपर्छ। यस्तो विषयमा मौन बस्नु भनेको समर्थन गर्नु सरह हो,” अमर अधिकारीले थपे।
वक्तव्यमा असम कांग्रेसका वरिष्ठ नेताहरू अध्यक्ष श्री गौरव गोगोई, विपक्षी दलका नेता देब्रब्रत सैकिया, तथा वरिष्ठ नेता भूपेन बोरालाई उक्त टिप्पणीको सार्वजनिक रूपमा निन्दा गर्दै गोर्खा जातिसँग बिना शर्त माफी माग्न आग्रह गरिएको छ।
यस विषयमा प्रतिक्रिया दिँदै भारतीय गोर्खा परिसंघ असम प्रदेशका मूलसचिव नन्द किराती देवानले भने, “यस्तो मूर्खतापूर्ण कार्य दलगत राजनीतिभन्दा धेरै माथिको विषय हो। यो राजनीतिक प्रतिस्पर्धाको विषय होइन; यो समुदायहरूबीच सामाजिक सद्भाव र आपसी सम्मानको विषय हो। पहिचानलाई होच्याउने शब्दहरूले विभाजन र अविश्वास फैलाउँछ। असम सधैँ ‘एकतामा विविधता’ को भूमि रहिआएको छ, र यस्तो विभाजनकारी भाषा सभ्य संवादमा स्वीकार्य हुन सक्दैन।” भारतीय गोर्खा परिसंघले चेतावनी दिएको छ कि यदि माफी नआएमा असमका गोर्खा जातिले लोकतान्त्रिक र संवैधानिक माध्यमबाट आफ्नो विरोध जनाउनेछ र आगामी विधानसभा निर्वाचनमा कांग्रेसको बहिष्कार गर्नेसम्मको निर्णय लिन सक्छ।
बहसका क्रममा BJP प्रवक्ताले स्वतन्त्रता सेनानी बाबु छबिलाल उपाध्यायको योगदानबारे स्पष्ट रूपमा बताएका थिए, जसले करीब सय वर्षअघि असम एसोसिएसनबाट असम प्रदेश कांग्रेस कमिटी स्थापना गरेका थिए र जो गोर्खा जातिका थिए। तथापि, एङ्करले चेतावनी दिँदा पनि कांग्रेस प्रवक्ताले प्रत्यक्ष कार्यक्रममै माफी माग्न अस्वीकार गरेका थिए।
उपरोक्त परिस्थितिलाई ध्यानमा राख्दै भारतीय गोर्खा परिसंघले सबै राजनीतिक दलहरू र सञ्चार माध्यमहरूलाई समुदाय र पहिचान सम्बन्धी विषयमा छलफल गर्दा बढी संवेदनशील र जिम्मेवार बन्न आग्रह गर्दै वक्तव्यको अन्त्य गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ