IGJF election planning
IGJF election planning

भागोप्रमो प्रमुख अनित थापाले खरसाङमा गरे चुनावी प्रचार

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले आफ्नो चुनावी अभियानलाई तीव्रता दिँदै सिङ्गेल क्षेत्रमा व्यापक जनसम्पर्क भ्रमण सम्पन्न गरेका छन्। टुङ सन्त मेरीज समष्टि अन्तर्गत पर्ने सिङ्गेलमा आयोजित उक्त कार्यक्रममा चिया बगानका श्रमिकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो, जसले चुनावी माहोललाई थप उत्साहपूर्ण बनाएको छ। उक्त भ्रमणका क्रममा पार्टी प्रवक्ता एसपी शर्मा समेत अनित थापासँगै उपस्थित रहेका थिए। कार्यक्रममा सम्बोधन गर्दै अनित थापाले सिङ्गेलवासीलाई सम्बोधन गर्दै चिया श्रमिकहरूको हक–अधिकारको विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

उनले स्पष्ट रूपमा भने कि अमर लामा चिया श्रमिकहरूको आवाजलाई विधानसभासम्म पुर्याउने सशक्त माध्यम हुन्। यसपालि चिया बगान क्षेत्रका श्रमिकहरूले आफ्नै अधिकारका लागि अमर लामालाई विजयी गराउनु अत्यन्त आवश्यक रहेको उनको जोड थियो। अनित थापाले श्रमिक वर्गको समर्थनले मात्र क्षेत्रको विकास सम्भव हुने बताउँदै, सिङ्गेलसहित सम्पूर्ण चियाबगान क्षेत्रमा परिवर्तनका लागि एकजुट भएर मतदान गर्न आह्वान गरेका छन्। अर्कोत्र अनित थापाले भनेका छन्, यसपालीको भोट पहाडको शान्ति र विकासलाई निरन्तरता दिने अनि झुटको राजनीति देखी उन्मुक्ति पाउने चुनाउ हो। हामीले आवेग अनि उत्तेजना होइन, सत्य र तथ्यलाई अगाडि राखेर राजनीति गरेका छौ। यो राजनैतिक सोचलाई अघि लैजाने पनि यसपालिको चुनाव हो।

विगतको दिनमा हामीले राज्य अधिनस्थ जति पनि चुनाउ लड्यौं, त्यो हामीले क्याण्डलको चिन्हमा लडेका थियौँ जसको हामीले राज्य चुनाउ आयोगबाट स्वीकृति पनि पाएका थियौं।
आजको दिनमा भारतीय चुनाउ आयोगको चुनाउ चिन्हको सूचीमा मोमबत्ती चिन्ह नै रहेको छैन। तसर्थ यसपालिको चुनावमा हामीले क्याण्डल नभएर अन्य कुनै चिन्हमा चुनाउ लड्नु पर्नेछ। आज सम्म हाम्रो कार्यकर्ताले क्याण्डललाई नै हाम्रो चुनाउ चिन्ह मानिलिएको छ अनि हामीले प्रचार पनि गरिरहेका छौं। तर चुनाउ आयोगको सूचीमा क्याण्डलको चिन्ह नै नभए पछि हामी केही गर्नु सक्दैनौं। कार्यकर्ता अनि समर्थकहरुलाई जनाउनु चाहन्छु कि यसपालिको चुनाउको निम्ति नयाँ चिन्हको घाेषणा हामी चाँडै गर्नेछौ। चिन्ह भन्दा पनि महत्त्वपूर्ण हाम्रो सोच हो। जसरी तपाईंहरू ले क्याण्डललाई माया दिनु भयो त्यसरी नै नयाँ चुनाउ चिन्हले पनि तपाईंको माया पाउनु सकूँ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ