भागोप्रमो युवा शक्ति दार्जीलिङ सहर समिति गठन

Share this news

दार्जीलिङ,24 जुलाई(निसं): जतिबेला पनि म पछि फर्केर हेर्ने गर्छु म मेरा युवाशक्तिका जोशिला भाइहरूलाई देख्ने गर्छु। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा राजनैतिक दल मात्र नभएर पहाडको भविष्य हो। पहाडको नयाँ सोच हो। पहाडको भविष्य अनि नयाँ सोचलाई काँधमा बोक्ने मेरा युवाशक्तिका भाइहरू हुन् भनी भागोप्रमो युवा शक्ति दार्जीलिङ शहर समिति गठन सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(बीजीपीएम) अध्यक्ष अनित थापाले आफ्नो सम्बोधनमा भनेका हुन्।
युवा शक्तिलाई अघि बढाउँदै आज युवा शक्ति केन्द्रिय समितिले दार्जीलिङ्ग सहर समिति युवा शक्तिको नयाँ पदाधिकारीहरूको मनोनयन गरेको छ। अध्यक्ष पदमा एलेन छेत्री, मूल सचिवको पदमा नितेश गुरुङ अनि प्रवक्ताको पदमा रिमेश मोथेलाई मनोनित गरेका छन्। सबै पदाधिकारीहरुलाई बधाई अनि शुभकामना दिन्छु भागोप्रमो युवा शक्ति दार्जीलिङ सहर समिति गठन सभामा सम्बोधनमा थापाले भनेका छन्।
युवा आँट, युवा सोच अनि अनुशासनले पार्टीलाई दार्जीलिङ्ग शहरमा ऊर्जावान पार्टीको रूपमा स्थापित गर्न नेतृत्व दिनुहुनेछ भन्ने अपेक्षा राखेको भागोप्रमो युवा शक्ति दार्जीलिङ सहर समिति गठन सभामा सम्बोधन गर्दै थापाले भनेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान