भागोप्रमो धोतरिया रङ्मुक समष्टिको सभा

Share this news

सोनादा,  (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रंगबुल धोतरिया रंगमुक समष्टिको सांगठनिक कर्मी सभा सम्पन्न भएको छ। उक्त कर्मी सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा, महासचिव अमर लामा, केन्द्रीय उपाध्यक्ष एवं सभासद प्रमोस्कर ब्लोन, केन्द्रीय सह सचिव ज्योतिकुमार राई, केन्द्रीय कार्यालय सचिव बुद्ध तामाङ, बिजयकुमार राई, दार्जीलिङ नगरपालिकाको चेयरम्यान दिपेन ठकुरी, जीटीएको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहान, पञ्चायत प्रधान, पञ्चायत समिति सदस्यहरु, पञ्चायत सदस्यहरु, नारी शक्ति, युवा शक्ति लगायत विभिन्न भातृ संगठनका प्रतिनिधिहरु उपस्थित रहेका थिए।

यस कर्मी सभामा स्वागत मन्तव्य रंगबुल धोतरिया रंगमुक समष्टिको सांगठनिक सचिव जीवन प्रधानले राखेका थिए भने उनले नै सांगठनिक प्रतिवेदन पनि प्रस्तुत गरेका थिए। यस सांगठनिक कर्मी सभालाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एवं जीटीए प्रमुख अनित थापाले भने, वर्तमानमा चलिरहेको एसआईआरमा हाम्रो जाति मास्ने कुरा आउँदैछ, यो पार्टीको कुरा होइन तर यो जातिको कुरा हो। तर एसआईआरलाई लिएर भाजपाले कुन अधिकारले हेल्प लाइन खोज्दैछ। कसले अधिकार दियो हेल्प लाइन विषयमा सरकारको नोटिफिकेसन देखाउनु। हेल्प लाइन नम्बरबाट एसआईआरमा डिलिट भएको मान्छेको नाम समावेश गरेर देखाउनु।

उनले अघि भने, भाजपाले हाम्रो 20 वर्ष भोट लग्यो। तर भाजपाले न गोर्खाल्याण्ड दियो न जनजाति नै दियो तर उल्टा भाजपाले हाम्रो जातिलाई शरणार्थी बनाउँदैछ, सुकुम्बासी बनाउँदैछ। हाम्रो जातिलाई नै मास्नु खोज्दैछ। हामीले हाम्रो जातिलाई बस्ने जमीनको अधिकार दिएका थियौँ तर भाजपाले हाम्रो नागरिकता नै खोलिदिएको छ। अब के को गोर्खाल्याण्ड। डिलिट भएको मतदाताहरुले भोट दिएर नै सांसद बनेको र अब सांसद पनि डुप्लिकेट भयो त। अनित थापाले एसआईआर विषयमा बोल्दै अझ भने, 28 फरवरी गोर्खाहरुको लागि कालो दिवस हो। पहाड़मा ठूलो विरोध हुन्छ। किनभने हाम्रो जातिमाथि अत्याचार भएको छ। एसआईआरमाथि बोल्नु पनि पाउँदैन भन्दैछ। अहिले भोटभन्दा पनि जातिको सुरक्षाको कुरा आएको छ। गोर्खा जाति खतरा जोनमा छ र यो अवस्था भाजपाले पुराएको हो। भाजपाको साना नेताहरुले के के बोल्दैछ तर हाई कमाण्डले स्पष्ट भनेको छ कि डिटेक्‌‍, डिलिट अनि डिपोट भनिसकेको छ।

उनले अझ भने, खरसाङ्मा मात्रै 14 हजारभन्दा बेसीको नाम काटिएको छ र अब पहाडमा विद्रोह हुन्छ। हिजोसम्म नागरिक थियो तर आज एसआईआरको कारणले धेरैको नाम काटिएको छ। यस कर्मी सभालाई दार्जीलिङ नगरपालिकाको चेयरम्यान दिपेन ठकुरी, केन्द्रीय उपाध्यक्ष एवं सभासद प्रमोस्कर ब्लोन, केन्द्रीय महासचिव अमर लामाले पनि सम्भाषण राखेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ