भागोप्रमो कसैसो बुई नचड़ेको दावी

Share this news

पङ्खाबारी, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले कसैको आङ्गमा बुइ चढ़ेर उनीहरूको वकालती गर्दै नहिँड़ेको दावी भागोप्रमो खरसाङ महकुमा समिति प्रवक्ता अनुप रामुदामुले गरेका छन्‌‍। तिनले अब चुनाउ नजिकै आउन लागेको बेला विभिन्न प्रलोभन र आशाहरू देखाउँदै पहाडमा राजनीतिक पार्टीका कार्यकर्ताहरू आउने गरेको अवगत गराउँदै तर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो बलबुतामा क्षेत्रियतालाई बचाउँदै चुनाउ लडिरहेको जनाएका छन्‌‍। प्रवक्ता रामुदामुले आजसम्म भागोप्रमोले जनताको सेवा गरिरहेको दावी गर्दै तर पहाड़का अन्य पार्टीले केवल जनताबाट भोट लिएर आश्वासन र आशा बाहेक अरू केही नदिएको बताएका छन्‌‍। तिनले आइजीएफका एक कार्यकर्ता गोपाल परियारले भागोप्रमो अध्यक्ष अनित थापामाथि गरेको टीकाटिप्पणीको विरोध जनाउँदै आइजीएफ राजनीतिक दल हो कि गैर सरकारी संस्था हो भनी प्रश्न गरेका छन्‌‍। पार्टी स्थापना भएको एक वर्ष भइसक्दा केन्द्रिय समिति पूर्ण रूपले गठन गर्न नसक्ने पार्टीले आफ्नो बलबुतामा चुनाउ जितेर सत्ता सम्हालि रहेको पार्टी अनि यसका अध्यक्षमाथि टिकाटिप्पणी गर्नु औ आरोप लगाउनु नहुने जनाएका छन्‌‍। आइजीएफको कुनै मुद्धा नरहेको औ आजसम्म अनित थापालाई माध्यम बनाए राजनीतिक रङ्गलाई चम्काइरहेको तिनले बताएका छन्‌‍। कसैमाथि बोल्न अघि आफ्नो नेतृत्वले बोलेका कुराहरूलाई ध्यान दिने सुझाव दिँदै रामुदामुले यस अनित थापा अनि भागोप्रमोमाथि आगामी दिनमा कुनै बयानवाजी नगर्ने सल्लाह पनि दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ