मतदाता सूची संशोधनको बारेमा बीजीपीएमको बैठक

Share this news

दार्जीलिङ,19 जुलाई(निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(बीजीपीएम) पार्टी केन्द्रीय कार्य समितिका सदस्यहरूले बिहार राज्यमा चुनाव अघि मतदाता सूची संशोधनको बारेमा आन्तरिक बैठक गरेको छ, जहाँ पश्चिम बंगाल सरकारले आगामी 2026 सालमा हुने एमएलए चुनाव अघि यस्तो कदम चाल्न सक्ने सम्भावित कारबाहीको बारे जानकारी पनि गराएको छ।
यस सम्बन्धमा जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन)- का पीआरओ एसपी शर्माले भने, बिहारमा विशेष गहन संशोधन हो, जहाँ मतदाताहरूको वैधताको जाँच भइरहेको छ।
उनले भने, भारतीय जनता पार्टी (भाजपा)-ले मतदाता सूचीबाट मानिसहरूलाई हटाएर षड्यन्त्र गरिरहेको छ। उनले यो पनि अनुमान गरे कि बंगालमा पनि धेरै मानिसहरू बंगलादेशबाट आएको भन्दै रडारमा छन्। यदि दार्जीलिङमा पनि यस्तै कागजातहरू लागू गरियो भने नेपाली भाषीहरूको अवस्था पनि बिग्रन सक्छ। उनले दार्जीलिङमा ठूलो  जनसंख्या रहेको बताए जहाँ उनीहरू आर्थिक रूपमा पछाडि छन् र उचित शिक्षा छैन र उचित कागजातहरू राखेका छैन। साथै दार्जीलिङमा  बसोबास गर्ने विभिन्न राज्यहरूबाट आएका व्यापारीहरूसँग पनि उचित कागजातहरू छैन।केन्द्र सरकारले माग गरेको कागजातहरू दार्जीलिङका जनताको ठूलो समूहसँग उपलब्ध छैन।
उनले भने, उनीहरु यस सम्बन्धमा सर्वोच्च अदालतको फैसलाको पर्खाइमा छन् र यदि भारतभरि यस्तै लागू हुने फैसला आयो भने, बीपीएम-ले यसको विरोध गर्नेछ र सडकमा निस्कनेछ। उनले भने, यसलाई लागू गरेर भारतीय जनता पार्टीले आफ्नो मतदाताहरूको हिस्सा बचाएर र अरूलाई मतदाता सूचीबाट हटाएर षड्यन्त्र गरिरहेको छ, शर्माले भने।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ