गाड़ीधुरामा भागोप्रमोको सभा सम्पन्न

Share this news

पङ्खाबारी, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पङ्खाबारी लङ्भ्यू अम्बटे समष्टिको एउटा प्रतिनिधि सभा आगामी विधानसभा चुनाउलाई लिएर सम्पन्न भयो। समष्टि सभापति मणिराज डुम्जनको सभापतित्वमा सम्पन्न सभामा पार्टीको केन्द्रिय महासचिव अमर लामा, क्षेत्रिय कार्यकारि सभासद कल्पना प्रधान, मनोनित सभासद तथा समष्टि पर्यवेक्षक प्रणाम रसाईली, केन्द्रीय सदस्य सन्तोष तामाङ लगायत समष्टि अन्तर्गत विभिन्न ग्राम पञ्चायत प्रधान, उपप्रधान, सदस्यहरू तथा समष्टि, ब्लक, शाखा स्तरका प्रतिनिधिहरू उपस्थित थिए।

सभालाई सम्बोधन गर्दै वक्ताहरूले आगामी विधानसभा चुनाउमा यस समष्टिबाट पार्टीले जो कसैलाई पनि प्रार्थीको रूपमा खडा गर्छ उनलाई बहुमतले विजयी बनाएर पठाउनुपर्छ भनी आग्रह गरे। विगतका विधायकहरूले यस क्षेत्रमा केही कार्य नगरेको भन्दै भाजपाले अझ आश्वासन बाहेक केही नगरेको आरोप लगाए। तिनीहरूले भागोप्रमो पहाड़मा साङ्गठनिक रूपमा एक शक्तिशाली पार्टी रहेको दावी गर्दै यस पार्टीले आफ्नो स्थापनाकालदेखि नै जन उपयोगी कार्यहरू गर्दै आएको जनाए। अनित थापाको कुशल नेतृत्वमा जीटीए मार्फत पहाडमा धेरै विकासका कार्यहरू गरिरहेको उल्लेख गर्दै अझ यसपल्ट विधानसभा चुनाउमा पनि पहाड़का तीनैवटा आसनबाट जिताएर पठाएको खण्डमा अझ पहाडमा सर्वाङ्गीण विकास भएर जाने बताए।

वक्ताहरूले खरसाङ समष्टिबाट यसपल्ट पार्टीको अनुभवी, शिक्षित, दक्ष अनि अग्रिम पङ्क्तिका नेतृत्व महासचिव अमर लामालाई उम्मेदवारको रूपमा चयन गरेकोमा पार्टी अध्यक्ष अनित थापाप्रति कृतज्ञता व्यक्त गर्दै यो खरसाङवासीको निम्ति साँच्चै गर्वको कुरा रहेको पनि बताए। अब आगामी चुनाउलाई लिएर पार्टीले समष्टि अन्तर्गतका सबै बुथहरूमा कमिटी बनाउने औ प्रत्येक जनता समक्ष गएर पार्टीले गरेका कार्यहरूको बारेमा जानकारी गराउँदै भोटको निम्ति अपिल गर्ने जनाए।

सभालाई अमृत छेत्री, सुष्मा वाइबा, सन्तोष तामाङ, प्रणाम रसाइली, अमर लामा अनि कल्पना प्रधानले सम्बोधन गरेका थिए। समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभामा समष्टि अन्तर्गत विभिन्न ब्लकका नारी शक्ति तथा अन्य संयोजकहरूको परिचय पनि गराइयो। सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै पर्यवेक्षक प्रणाम रसाइलीले आजको सभा विशेषगरी समष्टि अन्तर्गत रहेका सम्पूर्ण ब्लक तथा बुथ स्तरका प्रतिनिधिहरूलाई लिएर आयोजना गरिएको जनाए। तिनले आगामी विधानसभा चुनाउलाई मध्यनजर राखेर पार्टीको रणनीतिहरू तयार पार्ने कुरा सभामा गरिएको बताए। रसाइलीले यसपल्ट कुनै पनि अवस्था पार्टी उम्मेदवारलाई खरसाङ समष्टिबाट जिताउने प्रतिबद्धता सबैले लिएको पनि बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ