
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गोर्खाल्याण्डको नाममा राजनीति गर्दैनौं भनेर अगावै भनिसकेको छ। गोर्खाल्याण्ड आन्दोलनको नाममा जनताले पाएको दुःख अनि राजनैतिक नेताहरूको कालाबजारीलाई हेरेर हामीले यो निर्णय लिएको केशवराज पोखरेलले बताएका छन्। उनले यसक्रममा गोर्खाल्याण्ड मुद्दाको जिम्मेवारी लिएका राजनैतिक दलहरूले आगनमै प्रधानमन्त्री आइपुगेको यो महत्वपूर्ण घड़ीमा केही रणनीति र माहौल तयार पार्नेछ भन्ने आफुहरूलाई पनि आशा लागेको। तर गोर्खाल्याण्डपन्थी राजनैतिक दल अनि जन प्रतिनिधिहरूको मौनता र निष्क्रियताले आफुहरू पनि निराश बनेको बताए। गोर्खाल्याण्डप्रेमी जनताको निम्ति यो ठूलो धोका अनि दुर्भाग्य भएको बताए












