Keshar Thapa statement Darjeeling
Keshar Thapa statement Darjeeling

पहाडका तीनै विधानसभा आसनहरू भागोप्रमोले जित्ने दाबी

Share this news

आगामी २३ अप्रिलको दिन सम्पन्न हुन गइरहेको राज्य विधानसभाको चुनावमा पहाडका तीनवटा आसनबाट भागोप्रमो पार्टीले जित हासिल गर्ने भागोप्रमो कालिम्पोङ जिल्ला समितिका प्रवक्ता केशर थापाले दाबी गरेका छन्। विगत २०२१ को तुलनामा यसचोटी भागोप्रमो पार्टी सांगठनिक रूपमा दहिलो रहेको साथै जनसमर्थन रहेको पनि उनले जनाएका छन्। भागोप्रमो पार्टी जित्ने छ। दार्जीलिङ र खरसाङको सभापञ्चायत समिति नगरपालिकासँग ग्राम पञ्चायतहरूमा सत्ता रहेकोले पार्टीलाई चुनावमा जित हासिल गर्न धेरै सहज हुने पनि उनले बताए। भागोप्रमो पार्टीको विशेष पहलमा पनि पञ्चायती राज प्रणाली पुनः पहाडमा स्थापित भएपछि विशेष रूपमा ग्रामीण क्षेत्रहरूमा आधारभूत समस्याहरूको समाधान भइरहेको पनि उनले बताए। कालिम्पोङ जिल्लाको चारवटा खण्डहरूमा फुटबल र क्रिकेट खेल प्रचलित रहेको छ भने ती सम्पूर्ण बुथहरूमा भागोप्रमो पार्टीले जित हासिल गर्ने लक्ष्य राखेर चुनाव प्रचार अभियान गरिरहेको पनि उनले जनाएका छन्।

कालिम्पोङ २१ विधानसभा क्षेत्रबाट पुनः दोस्रोचोटी रूपेन सादा लेप्चाले नै जीत हासिल गर्ने दाबी पनि प्रवक्ता थापाले गरेका छन्। विगतमा जित हासिल गर्ने अनि दार्जिलिङ र खरसाङ विधानसभा क्षेत्रमा पनि यसचोटी भागोप्रमो पार्टीले जित हासिल गर्ने दाबी पनि प्रवक्ता थापाले गरेका छन्।प्रवक्ता थापाले भाजपा विधायक प्रत्याशी भारत छेत्रीबारे बोल्दै पहाडमा हकी खेल त्यति प्रचलित नरहेको जतिको फुटबल अनि क्रिकेट खेल प्रचलित रहेको छ। क्षेत्रीय अनुरोधमा जीटीए प्रमुख कार्यपाल अनित थापा अनि कालिम्पोङ विधायक रूपेन सादा लेप्चाको विशेष पहलमा हकी स्टेडियम निर्माण गरिएको बताए। यद्यपि भारत छेत्रीलाई परिचित गराउनमा भागोप्रमो अनि जीटीएले विशेष भूमिका निर्वाह गरेको पनि उनले बताएका छन्। उनले अझ बताए अनुसार अब पुनः चुनाव प्रचार अभियानलाई प्रत्येक बुथस्तरीय रूपमा अझ बढाएर लैजाने पनि बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ