सिंगेल कफीबारी सिमानाधुरामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रशाखा गठन

Share this news

सोनादा, 8 जुलाई (निसं)ः टुंग सन्तमेरिज समष्टि अन्तर्गत सिंगेल कफीबारी सिमानाधुरामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रशाखा गठन गरियो। समष्टिका सभापति एंव सभासद नुरी शेर्पाको विशेष उपस्थितिमा सङ्गठनलाई अझ दह्रिलो अनि सुदृढ़ीकरण गर्नका निम्ति उक्त क्षेत्रमा भागोप्रमो प्रशाखा गठन गरिइएको छ। सभामा उपस्थित सदस्य-सदस्याहरुमाझ साङ्गठनिक विस्तारको निम्ति विस्तृत चर्चा-परिचर्चा भएपछि पूर्णाङ्क प्रशाखा समिति गठन गरियो। यस नवगठित प्रशाखा समितिमा सभापति दिपेन लामा, उप सभापति डोमा शेर्पा, नमिता तामङ, मूल सचिव रिवस मुखिया, सह सचिव सरोज थापा, कोषाध्यक्ष सुबान लामा,सह-कोषाध्यक्ष उमङ्ग गुरुङ, प्रमुख सल्लाहकार भरोसा लामा, सल्लाहकार पेमा लामा, अब्जन छेत्री, प्रयास लामा, देसिम रुम्बा लगायत 10 जनाको कार्यकारिणी सदस्य-सदस्यागण चयन भएका छन्। यसरी 22 जना सदस्यीय प्रशाखा समिति गठन भएकोमा समष्टि सभापति नुरी शेर्पाले हार्दिक शुभेच्छा प्रकट गर्दै आगामी दिनहरुमा सङ्गठनलाई अझ दह्रिलो बनाउनका निम्ति सबै एकताको सुत्रमा बाँधिएर कर्म नै हाम्रो सिद्धान्तको मूल मन्त्रलाई अप्नाउँदै कार्य गर्नुपर्ने अपिल गरे। उक्त सभामा भागोप्रमो टुङ-सन्तमेरिज समष्टिका सल्लाहकार दिलीप गजमेर, सन्तमेरिज 2 ग्राम पञ्चायतका प्रधान सहदेव तामङ, पञ्चायत समिति एवं ग्राम पञ्चायतका क्षेत्रीय सदस्यगण लगायत स्थानीय ग्रामवासीहरुको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

आजको रोजाइ