Betan Higher Secondary School
Betan Higher Secondary School

बेटेन उच्चतर माध्यमिक विद्यालयमा भव्य रूपले बाल दिवस पालन

Share this news

बालदिवसको अवसरमा तकभर चियाबारीको बेटेन उच्चतर माध्यमिक विद्यालयमा द्विसत्रीय कार्यक्रमको आयोजना गरियो। कार्यक्रम विद्यालयका प्रधानाध्यापक संयम खेसाङ अनि सह- शिक्षक भानु तामाङको कुशल मार्गदर्शनमा सम्पन्न भयो। कार्यक्रमलाई सफलीभूत तुल्याउन सह-शिक्षक अमृत योञ्जनको गतिविधिहरू माथिको सूक्ष्म निरीक्षणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
कार्यक्रमको पहिलो सत्रमा विद्यार्थीहरूका निम्ति तकभर चौथो विभागको सार्वजनिक खेलमैदानदेखि तकभर प्रथम विभाग स्थित विद्यालयको प्रवेशद्वारसम्मको म्याराथन सम्पन्न गराइयो। उक्त म्याराथनमा विद्यालयका अधिकांश विद्यार्थीहरूले उत्साहपूर्वक भाग लिएका थिए। यसका साथै विद्यार्थीहरूको मनोबल वृद्धिहेतु सम्पूर्ण शिक्षक-शिक्षिकागणको पनि सक्रिय सहभागिता रहेको थियो।
दोस्रो सत्रमा पूर्वार्धको कार्यक्रम पण्डित जवाहरलाल नेहरूको तस्वीरअघि दीप प्रज्ज्वलन गरेर आरम्भ गरियो अनि बाल दिवसको औचित्यबारे प्रधान अध्यापद्वारा वक्तव्य प्रस्तुत गरियो। उक्त सत्रमा विद्यार्थीहरूका मनोविनोदका निम्ति शिक्षक-शिक्षिकागणद्वारा रङ्गारङ्ग कार्यक्रम प्रस्तुत गरियो। जसमा सामुहिक गान, नृत्य, ऱ्याम्प वक, आदि विशेष रहेको थियो। विद्यालयको व्यवस्थापन समितिको पहलमा आयोजित उक्त कार्यक्रमलाई सहशिक्षिका सुश्री जया गुरुङ अनि सहशिक्षक स्वरूप थापाले खुबै दक्षतापूर्वक स‌ञ्चालन गरेका थिए।
सत्रको उत्तरार्धमा सम्पन्न कार्यक्रमको मुख्य औचित्य रहेको थियो वर्ष २०२५ भित्र विविध सह-पाठ्यक्रम गतिविधि अन्तर्गत सम्पन्न गराइएका ‘अन्तर हाउस’ प्रतियोगिताको पारितोषिक वितरण। विजेताहरूलाई पारितोषित वितरण गरिएपछि ‘हाउस अफ दि इयर’ को पनि घोषणा गरियो। उक्त कार्यक्रम सफल बन्नमा विद्यालयका सम्पूर्ण सह-शिक्षक-शिक्षिकागणको पनि अतुलनीय योगदान रहेको थियो। यस द्विसत्रीय कार्यक्रमले विद्यार्थीगणमा उत्साह, उमङ्ग र आत्मविश्वासको सञ्चार गरेको छ भने विद्यार्थीहरूले एकता, सहकार्य तथा सौहार्दताको मूल्य बोध गरेको सहशिक्षक अमरकृति वान्तवाले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ