आरकेएसपी-लाई जीटीए हेडमास्टर्स एसोसिएशन-द्वारा शुभकामना

Share this news

दार्जीलिङ, 8  जुलाई(निसं):आरकेएसपी विद्यालयलाई जीटीए हेडमास्टर्स एसोसिएशनको पक्षबाट अग्रिम शुभकामना दिइएको छ। फुटबल खेलमा सक्रियता देखाउदै
लगभग 25 वर्षपछि पुन दार्जीलिङ आरकेएसपी विद्यालयले चर्चित सुब्रतो कप 2025 को खिताब नजिक पुगेका छन् दार्जीलिङका चर्चित विद्यालय आरकेएसपी गत सन् 2000 सालमा विद्यालयका प्रधान अध्यापक स्व. वसन्त कुमार राईको कार्यकालमा सुब्रतो कपको च्याम्पियन बनेको थियो भने यसवर्ष आरकेएसपीले 25 वर्षपछि विद्यालयका प्रधान अध्यापक डा. मिलन तामाङको कार्यकाल तथा नेतृत्वमा पुन: एकपटक जिल्लामा च्याम्पियन बनेर कलकत्तामा हुने अन्डर सेभेन्टिनको खेलाडीहरूले फाईनल खेल खेल्ने कुरा एसोसिएशनको सभापति पीके राईले जनाएको छ। आगामी केही दिन भित्र दार्जीलिङ जिल्लालाई प्रतिनिधित्व गर्दै आरकेएसपी विद्यालयले कलकत्तामा उक्त च्याम्पियनसिप खेल खेल्ने भएकोमा जीटीए हेडमास्टर्स एसोसिएसनका सभापति राईले हर्ष व्यक्त गर्दै जितको निम्ति अग्रिम शुभकामना व्यक्त गरेका छन्। उनले सुब्रतो कप जस्तो चर्चित खेलको निम्ति आरकेएसपी विद्यालयले फाईनल खेल खेल्नु भनेको स्कूलको मात्र नभएर सम्पूर्ण पहाडकै निम्ति गर्वको क्षण हो भनी बताएका छन्। यसका साथै खेलमा सहभागी बन्नको निम्ति यातायात एवम् बस्ने व्यवस्था मिलाई दिइएकोमा जीटीएका प्रमुख कार्यपाल अनित थापालाई पनि जीटीए हेडमास्टर्स एसोसिएशनको पक्षबाट सभापति पीके राईले आभार व्यक्त गरेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान