सत्ताबाट हाटेपनि जनतालाई धोका दिएनौ:अजय एड्वर्ड्स

Share this news

दार्जीलिङ,5 मार्च(निसं): हामी सत्ताबाट हट्यौं तर जनतालाई धोका दिएका छैनौ भनी ईन्डियान गोर्खा जनशक्ति फ्रन्ट संयोजक
 अजय एडवर्डसले भनेका छन्।
उनले भनेका छन्, हामी सत्ताबाट हट्यौं तर हामीले जनतालाई धोका दिएनौ।गत दार्जीलिङ नगरपालिकाको चुनावमा हामीले हाम्रो पार्टीको
 बोर्ड गठन भएको खण्डमा हाइराइस बिल्डिङहरूमाथि कारवाही गर्ने वचन नगरबासीहरूलाई दिएका थियौ।नगरबासीहरूले हाम्रो
 इमान्दारितामाथि भरोसा गरेर दार्जीलिङ नगरपालिकाको बोर्ड गठन गर्ने जनादेश दिएका थिए।दार्जीलिङ नगरपालिकामा हाम्रो 
पार्टीको बोर्ड गठन गरेपछि हामीले जनतासंँग गरेको वाचाहरू एकाएक गर्दै पुरा गर्ने दिशामा काम गर्न शुरू गर्‍यौ।
त्यसैवीच हाम्रै 
पार्टीको निर्वाचित नगरपार्षदहरूले अवैद्य निर्माण तथा हाइराइस बिल्डिङहरूमाथि कारवाही गर्नु हुँदैन,यसले पार्टीलाई असुविधा 
हुन्छ साथै पार्टी अनि हामीलाई पनि दुई पैसा कमाउने मौका प्राप्त हुन्छ भन्ने जस्ता कुराहरू राखेको थियो तर मैले हाम्रो पार्टीको 
निर्वाचित नगरपार्षदहरूको कुरालाई नकार्दै जनतासंग गरेको वाचाहरू हामीले पुरा गर्नै पर्छ भन्ने दिशामा जोड दिँदा हाम्रो पार्टीको
 नगरपार्षदहरू अन्य पार्टीमा सामेल भएर बोर्ड ढाल्ने कार्य भयो।हाम्रो पार्टीले दार्जीलिङ नगरपालिकालाई आर्थिक अवस्था सम्पन्न
 बनाउने दिशामा कार्य योजना बनाएका थियौ। 
उनले भने, एउटा नगरपालिकाको आर्थिक अवस्था राम्रो हुनु भनेको नगरबासीहरूको
 आर्थिक अवस्था राम्रो हुनु हो।बाटो,पानी आदि जस्ता बुनियादी समस्याहरूदेखि निजात पाउनु हो।दार्जीलिङ नगरपालिकाको एक
 सय करोड रूपिया आयस्रोत बनाउनु सकेको भए बंगाल सरकारको आशामा बस्नु पर्दैन,नगरपालिकाको कर्मचारीहरूको मासिक
 वेतनदेखि लिएर पालिकालाई चाहिने सबै थोक गर्न सकिन्छ।सफाई कर्मीहरूले पाँच हजार रूपियाले आफ्नो घर परिवारको पालन
 पोषण गर्नु पर्दैछ तर जब उनी अवकाश हुँदा रितो हात फर्किनु पर्छ यी सबै विषयहरूमाथि हामीले कार्य योजनाहरू तयार गरेका 
थियौ।एक सय करोड रूपिया भन्दा ठूलो सुन्छ,असम्भव लाग्छ तर एउटा विल्डिङ 30 करोड रूपियाँमा बिक्री गर्दैछ भने दार्जीलिङ
 नगरपालिकासँग ए-देखि जेटसम्मको बिल्डिङहरू छन्।
नगरपालिकाले पयर्टन स्थलहरूको सृजना गर्न सक्छ,पयर्टकहरूबाट राम्रो कमाई गर्न सक्छ त्यसकारण नगरपालिकाको लागि एक
 सय करोड रूपिया कुनै ठूलो राशी होइन।दार्जीलिङ नगरपालिकामा हाम्रो 
पार्टीको बोर्ड गठन भएको 9 महिना बितिसकेको थियो,हाम्रै पार्टीको 7-8 जना नगरपार्षदहरू आएर मसंँग प्रस्ताव राखेको थियो 
जसमा अवैद्य निर्माणहरूमाथि बाधा नदिने मुख्य रहेको थियो।गोपाल परियार,रितेश पोर्तेल लगायत हाम्रो केही नगरपार्षदहरू 
बाहेक अन्य नगरपार्षदहरूले अवैद्य निर्माणको कार्यबाट केही राशीहरू थापेर आपसमा बाढने कार्य गरी सकेको थियो। उनले 
अझ भने, ती नगरपार्षदहरूले राखेको प्रस्तावलाई मैले अस्वीकार गर्दै हाम्रो पार्टीको बोर्डमा अवैद्य निर्माणहरू हुनु हुँदैन भन्ने 
स्पष्ट बताई दिएका थिए।
दार्जीलिङ नगरपालिकाको जनताहरूले हामीलाई जो आशा र भरोसा गरेर जिताएर पठाएको 
थियो,त्यसकारण जनताले आशा र भरोसालाई हामीलाई नकार्नु हुदैन भन्ने मेरो स्पष्ट अडान रहेको थियो।पार्टी र सत्ता 
बचाउनलाई जनतालाई दिएको वचनदेखि भाग्नु हुदैन भन्ने मेरो अडान अझ पनि यथवत छ।पार्टीको निर्णयले दार्जीलिङ
नगरपालिकाको हाम्रो बोर्ड लड्यो,पार्टी कम्जोर भयो तर त्यस समयको निर्णयदेखि हामी आज पनि खुशी छौ,हामीले 
नगरबासीहरूलाई धोका दिएनौ।
आज भन्दा पाँच बर्ष अघि मलाई विधानसभा चुनावमा उतार्ने तय भएको थियो,त्यस 
समय म गोरामुमोमा थिए अनि मैले गोरामुमो को झण्डामा चुनावी मैदानमा ओर्लिने मेरो मत राखेको थिए।नीरज जिम्बा
 नै चुनावी मैदानमा ओर्लियोस तर गोरामुमोकै झण्डा ओर्लियोस भन्ने मेरो चाहना थियो अनि मैले यो कुरा मन घिसिङलाई 
पनि भनेको थिए।
 उनले भने, बंगाल विधानसभाको चुनाव अब धेर दिन छैन,बंगाल विधानसभाको चुनावपछि पहाडको 
नगरपालिका त्यस पछि जीटीए सभाको चुनाव हुनेछ।दार्जीलिङ नगरपालिका को चुनावमा हाम्रो जीत निश्चित छ,वर्तमान 
बोर्डले हाम्रो जीतलाई रोक्न सक्दैन तर त्यस समय तपाईंहरूको बाजे,बोज्युदेखि कमाएको मान सम्मानलाई ख्याल गरेर
 जनताको सेवा गर्नु पर्छ।हामीले काम बिगार्नु हुँदैन तर जनताको सेवा कार्यलाई निरन्तरता दिई रहनु पर्छ, अजय एडवर्डसले भने।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ