Siliguri Mob Attack
Siliguri Mob Attack

गाई चोरीको शंकामा भीडद्वारा कुटपीट: एकको मृत्यु, अर्का गम्भीर अवस्थामा

Share this news

सिलगढीको उत्तर एक्टियासल पाइपलाइन क्षेत्रमा गाई चोरीको आशंकामा भएको भीड कुटपिट (मब असल्ट) घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर अवस्थामा उपचाररत रहेका छन्। प्राप्त जानकारीअनुसार शुक्रबार रातिदेखि नै सो क्षेत्रमा गाई चोरीको हल्ला फैलिएको थियो, जसका कारण स्थानीय बासिन्दाहरू सतर्क अवस्थामा रहेका थिए। शनिबार बिहान दुई जनालाई शंकास्पद गतिविधिमा संलग्न भएको भन्दै स्थानीयले नियन्त्रणमा लिएका थिए। स्थानीय बासिन्दाहरूले ती व्यक्तिहरूलाई एउटा खम्बामा बाँधेर निर्घात कुटपिट गरेको आरोप छ। घटनाबारे सूचना पाएपछि आशिघर चौकीबाट पुगेको पुलीसले दुवै जनालाई उद्धार गरी सिलगढी अस्पतालमा पुर्‍याएको थियो।

अस्पतालमा चिकित्सकहरूले एक जनालाई मृत घोषणा गरेका थिए भने अर्का घाइतेको अवस्था गम्भीर रहेको र उपचार जारी रहेको जनाइएको छ। प्रारम्भिक जानकारीअनुसार दुवै व्यक्ति इस्लामपुर क्षेत्रका बासिन्दा हुन सक्ने अनुमान गरिएको भए पनि उनीहरूको पहिचान अझै पुष्टि हुन सकेको छैन। घटनापछि क्षेत्रमा तनावको स्थिति उत्पन्न भएको छ। सम्भावित अप्रिय घटनालाई नियन्त्रणमा लिन ठूलो संख्यामा पुलीस तथा केन्द्रीय सुरक्षा बल परिचालन गरिएको छ। यसैबीच, प्रहरीले घटनामा संलग्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको र विस्तृत अनुसन्धान अघि बढाइएको जनाएको छ। यस घटनाले गाई चोरीको हल्लाका आधारमा हुने भीड हिंसाको गम्भीरता पुनः उजागर गरेको छ, जसले कानून र मानवअधिकारको विषयमा फेरि बहस सिर्जना गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ