खरसाङमा बांग्लार युवासाथीको निम्ति पञ्जीकरण आरम्भ

Share this news

खरसाङ,  (निसं): खरसाङमा बांग्लार युवासाथी योजनाको निम्ति पञ्जीकरण प्रक्रिया आईतवारदेखि आरम्भ भएको छ। खरसाङ महकुमा शासक कार्यालय नजिक अवस्थित रहेको स्नोभ्यू बिल्डिङमा एउटा विशेष शिविरको आयोजना गरेर पञ्जीकरण प्रक्रिया आरम्भ गरिएको छ। उक्त शिविरको उद्देश्य खरसाङ महकुमा क्षेत्रका योग्य बेरोजगार युवाहरूलाई बांग्लार युवासाथी योजना अन्तर्गत वित्तीय सहायता प्राप्त गर्नलाई सहयोग गर्नु बताइएको छ।

उक्त शिविरको उद्घाटन डेपुटी मजिस्ट्रेट अनि डेपुटी कलेक्टर प्रसन्जीत चौधरीको देखरेखमा सम्पन्न भएको हो । तिनले आज प्रथम दिनमा उक्त शिविरको विभिन्न पक्षबाट व्यवस्थापनको समीक्षा गरे अनि त्यहाँ आएका आवेदकहरूसित बातचीत पनि गरे। यस अवधि तिनले जोर दिए कि प्रशासन सुनिश्चित गर्न प्रतिबद्ध छ कि यस योजनाको निम्ति योग्य बेरोजगार युवाहरूले कुनै समस्या बिना सजिलोसित आफ्नो पञ्जीकरण गर्न सकोस्‌‍।

तिनले थप जनाए अनुसार, उक्त शिविर मार्फत्‌‍ आवेदकहरूले फारम जमा गर्नेछन्‌‍, दस्तावेज़को सत्यापन अनि योग्यताको मापदण्ड विषयमा पनि मार्गदर्शन प्रदान गर्नको निम्ति शिविरमा सहयोग गरिने छ। यस योजना अन्तर्गत 21 देखि 40 वर्षका योग्य बेरोजगार युवाहरूलाई प्रति महिना 1 हजार 5 सय रुपियाँको वित्तीय सहायता प्रदान गरिने छ।

तिनले बताए अनुसार शिविरको प्रथम दिन धेरै संख्यामा आवेदकहरू आफ्नो नाम पञ्जीकरणको निम्ति शिविरमा आएर फारम जमा गरे। शिविर आइतवार 15 फरवरीदेखि आगामी 26 फरवरीसम्म बिहान 10 बजे देखि बेलुकी 5 बजेसम्म प्रत्येक दिन चल्ने छ। आवेदकहरूले आफ्नो शैक्षिक योग्यता अनि अन्य प्रमाण पत्र सकली अनि फोटोकपी दुवै ल्याउन पर्नेछ। शिविरमा उपस्थित कतिपय अधिकारी हरूले जनाए अनुसार मोबाइल नम्बरसंग लिङ्क भएको आधार कार्ड, माध्यमिक अथवा दशैाँं श्रेणीको एडमिट कार्ड अनि मार्कशीट, ब्याङ्कको पासबुकको प्रथम पृष्ठ, मतदाता परिचय पत्र, राशन कार्ड अनि दुईवटा पासपोर्ट साइजको फोटो लिएर पञ्जीकरणको निम्ति शिविरमा आएर आवेदन पत्र जमा गर्न सक्नेछन्‌‍। खरसाङ महकुमा प्रशासनको पक्षबाट योग्य बेरोजगार युवाहरूलाई निर्धारित समयमा शिविरमा आएर उक्त योजनाको लाभ उठाउे अपिल गरिएको छ।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ