ग्राण्ड फिनालेमा पुग्न सफल पहाडका छोरा वाङ्गे गुरुङलाई जिताउन भोट साथै सहयोगको अपिल

Share this news

खरसाङ , (निसं): नेपालमा चलिरहेको भोइस अफ्‌‍ युनिभर्समा दार्जीलिङ पहाड़का छोरा वाङ्गे गुरुङ ग्राण्ड फिनालेमा पुग्न सफल बनेका छन्‌‍। हाल उनी केही दिनको लागि घर आएका छन्‌‍। तकदाह ग्लेनवर्ण समष्टिको तकदाह निवासी वाङ्गे गुरुङ फाइनलमा पुग्ने दार्जिलिङ पहाड़का एक मात्र प्रतियोगी हुन्‌‍। त्यसैले उनलाई मेरो भोइस युनिभर्समा जिताउन वाङ्गे गुरुङ फ्यान क्लब लागि परेका छन्‌‍। यसै क्रममा आज वाङ्गे गुरुङ फ्यान क्लबका पदाधिकारीहरु खरसाङ आएका थिए। यसावधि वाङ्गे गुरुङ र फ्यान क्लबका पदाधिकारीहरुले खरसाङ्मा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापालाई भेटघाट गरेका थिए। त्यसरी बाङ्गे गुरुङ साथै टोलीले जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापालाई भेट गरेका थिए भने खरसाङ्मा कलाकार संगठनसित पनि भेटघाट गरेर सहयोगको लागि अपिल गरेका छन्‌‍। यसै क्रममा वाङ्गे गुरुङ फ्यान क्लबका पदाधिकारीहरुले खरसाङ्मा पत्रकार सम्मेलन बोलाएर मेरो भोइस युनिभर्सको ग्राण्ड फिनालेमा पुग्न सफल बनेका पहाडका छोरा वाङ्गे गुरुङलाई जिताउन भोटको अपिल साथै सहयोगको लागि अपिल गरेका छन्‌‍। यसावधि वाङ्गे गुरुङ फ्यान क्लबका अध्यक्ष सुशोभित गुरुङले पत्रकारहरुलाई सम्बोधन गर्दै वाङ्गे गुरुङलाई जिताउन भोटको अपिल साथै सहयोगको लागि पनि अनुरोध गरेका छन्‌‍। उनले वाङ्गे गुरुङ्को लागि सोमबार दार्जिलिङ्को चौरास्तामा कार्यक्रम आयोजना गरिने भएको पनि जानकारी गराएका छन्‌‍। यसको साथै मेरो भोइस युनिभर्सको ग्राण्ड फिनालेमा पुग्न सफल वाङ्गे गुरुङले पनि भोटको अपिल साथै सहयोगको लागि सबैलाई निवेदन गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ