Bandel's rampage completely destroyed winter potato crops of farmers
Bandel's rampage completely destroyed winter potato crops of farmers

बंदेलको ताण्डवले किसानहरूको हिउँदे आलु खेती पूर्ण रूपमा सखाप

Share this news

गेजिङ जिल्लाको उत्तरे गुम्बाडाँडा क्षेत्रमा जंगली बंदेलको ताण्डवले किसानहरूको हिउँदे आलु खेती पूर्ण रूपमा सखाप बनेको छ। रातारात भएको यस घटनाले स्थानीय किसानहरू गहिरो चिन्तामा परेका छन्। बनिबुतो गरेर, ऋण–सापटी र श्रम लगाएर रोपिएको आलु खेती एकै रातमा नष्ट भएपछि अब आफ्नो जीवनयापन कसरी गर्ने भन्ने प्रश्न किसानहरूको मुखमा छ।
स्थानीय किसान ओमनाथ छेत्री र लोकबहादुर छेत्रीका अनुसार हिउँदे आलु खेती नै उनीहरूको मुख्य आम्दानीको स्रोत हो। वर्षभरि परिवारको गुजारा, बालबच्चाको पढाइ र दैनिक खर्च यही खेतीको आम्दानीले धान्दै आएका उनीहरू यसपटक भने पूर्ण रूपमा निराश भएका छन्। सानो कोठेबारीमा लगाएको सबै कमाइ रातभरमै सकियो, अब किसानको अर्को आधार के नै रह्यो र? उनीहरूको गुनासो छ।
किसानहरूका अनुसार यो पहिलो पटक होइन। आलु खेती संगै इस्कुस पनि सबै मासिदिएको गुनासो छ।अघिल्लो बर्खायाममा पनि जंगली जनावर, विशेष गरी बंदेलको आक्रमणका कारण मकै खेतीसमेत पूर्ण रूपमा नष्ट भएको थियो। त्यतिबेला पनि ठूलो क्षति व्यहोर्नुपरेको भए पनि कुनै किसिमको राहत वा क्षतिपूर्ति नपाएको किसानहरूको भनाइ छ। लगातार खेती नष्ट हुँदै जाँदा अब खेती पेशा नै छाड्नुपर्ने अवस्था आएको उनीहरू बताउँछन्।
उक्त दुई किसान मात्र नभई उत्तरे गुम्बाडाँडा वरपरका अन्य गाउँले किसानहरूले पनि यही समस्या भोगिरहेको गुनासो गरेका छन्। जंगली जनावरको आतंक दिनानुदिन बढ्दै गएको भए पनि यसको दीर्घकालीन समाधान नहुँदा किसानहरू निराश बन्दै गएका छन्। खेतबारी जोगाउन रातभर जाग्राम बस्दा पनि सफल हुन नसकेको उनीहरूको दुखेसो छ।
किसानहरूको गुनासोपछि हिजो वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर क्षतिको फोटो खिचेर फर्किएको बताइएको छ। तर त्यसपछि समाधान के हुन्छ भन्ने विषयमा अझै कुनै स्पष्ट जानकारी नआएकाले किसानहरू अन्योलमा छन्। फोटो खिचेर लग्नु मात्रै समाधान होइन, किसानहरूको भनाइ छ, अब व्यवहारिक कदम चालिनुपर्छ।
किसानहरूले वन विभाग तथा सम्बन्धित निकायलाई यस समस्याप्रति गम्भीर बन्न आग्रह गरेका छन्। जंगली जनावर नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न, खेतबारी सुरक्षित गर्ने संरचना निर्माण गर्न तथा भएको क्षतिप्रति उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन उनीहरूको माग छ।
सानो कोठेबारीमा गरिएको खेतीसमेत जोगिन नसक्ने अवस्था आएपछि अब किसान कसरी बाँच्ने भन्ने प्रश्न गम्भीर बनेको छ। खेतीप्रति निराशा बढ्दै गएमा यसले दीर्घकालमा ग्रामीण अर्थतन्त्र र खाद्य सुरक्षामै असर पर्ने किसान तथा स्थानीय बुद्धिजीवीहरूको चिन्ता छ।
यसैले सम्बन्धित विभागले किसानको पीडा बुझेर तत्काल राहत, क्षतिपूर्ति र दीर्घकालीन समाधानको पहल नगरे किसानको घोर आपत्ति र गुनासो अझ चर्किँदै जाने निश्चित देखिन्छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ