भ्रष्टचार सहित जनताले भोग्दै आएका समस्यामाथि बन्दना राईले अझ सशक्त कार्य गर्ने

Share this news

जनताले भोग्दै गरेको विषयमा मात्र होइन्‌‍ तर भ्रष्टचार मुक्त खरसाङ साथै अन्य विभिन्न मुद्दाहरू, जनताले भोगिरहेका समस्यामाथि कार्य गरिरहेको र आउँदो दिनमा पनि यी विभिन्न विषयहरूमा विधायक बनेपछि अझ क्षमतावान भएर काम गर्नेछिन्‌‍ भनी इण्डियन गोर्खा जनशक्ति फ्रण्टका खरसाङ विधानसभा समष्टि उम्मेदवार बन्दना राईले बताएकी छिन्‌‍। पत्रकारहरूद्वारा सोधिएकोमा बन्दना राईले बताए अनुसार, यो चुनाव एउटा गणतन्त्रको चुनाव रहेको छ। कुनै व्यक्ति विशेष अथवा पार्टीको विरुद्धमा होइन्‌‍। यो चुनाव गणतन्त्र अनि परिवर्तनको निम्ति लड़ाई हुनेछ।
खरसाङ विधानसभा निर्वाचन क्षेत्र एउटा ठूलो क्षेत्र रहेको छ, यहाँ दुईवटा राष्ट्रिय राजमार्ग सहित अन्य विभिन्न पक्षबाट पनि महत्वपूर्ण क्षेत्र हो, यहाँ जनमानसको हितमा विभिन्न पक्षबाट काम गर्न सकिन्छ। खरसाङ विधानसभा क्षेत्र एउटा ठूलो क्षेत्र हुँदा हुँदै पनि यहाँ खरसाङबाट बाहिरका मानिसहरूलाई विधायक बनाएर पठाउने कार्य भइरहेको छ। भोट जितेपछि यी विधायकहरूले जनताको हितमा दह्रिलो कार्य नगरेर पोलिथिन वितरण गरेर एवं फोटो खिचेर ठूलो-ठूलो कुरा गरेर सिलगढी बस्ने गरेका छन्‌‍ भनी तिनले बताइन्‌‍।
यसपाली खरसाङ विधानसभा क्षेत्रबाट तिनी इण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टीको सहयोगमा चुनावमा उभिएकी बताउइदै खरसाङ्को चेली भएकी नाताले भोट जितेपछि खरसाङ, मिरिक, सिटोङ, सुकना सहित आफ्नो निर्वाचन क्षेत्र तकदाहमा एमएलए दरबार राखेर जनमानसको निम्ति कार्य गर्नेछु, तिनले भनिन्‌‍। खरसाङ निर्वाचन क्षेत्र एउटा ठूलो क्षेत्र रहेको छ। यहाँ चिया बगान, सिनकोना बगान साथै वन बस्ती रहेको छ। यी सबै विभिन्न क्षेत्रमा रहेका विभिन्न मुद्दाहरू अनि समस्याको समाधान गर्न धेरै जरूरी रहेको बताउदै तिनले यी मुद्दाहरूमा काम गर्नेछु भनिन्‌‍। त्यति मात्र होइन, तिनले बताए अनुसार खरसाङ विधानसभा क्षेत्र अन्तर्गत पहाड़ अनि समतल क्षेत्र पनि रहेको छ, समतल क्षेत्रमा हात्ती सहित विभिन्न जीव-जन्तु प्रभावित क्षेत्र रहेका छन्‌‍, सठिक सुरक्षा व्यवस्थाको अभावमा वन्य जन्तु अनि मानिसहरू प्रभावित बन्ने गरेका छन्‌‍। वन विभागले यी विषयहरू सठिक प्रकारले कार्य गरेको छैन।

आफू एउटा वकिल भएको नाताले राज्य सरकारको सम्बन्धित विभागको विरुद्धमा रिट याचिका दायर गरेर अहिले पनि काम गर्न सक्छन्‌‍। विगत धेरै समयदेखि जनमानसको विभिन्न विषय सहित चिया श्रमिक हरूको न्यूनतम रोज, जमिनको अधिकार, 5 डेसिमल अनि 30 प्रतिशत भूमिको कुराहरू रहेको जसमाथि तिनले अघिदेखि नै कार्य गर्दै आइरहेकी छन्‌‍। विधायक भएर अझ वृहत वा ठूलो रूपमा यी विभिन्न विषयहरूमा काम गर्न गर्नेछु। सबैभन्दा महत्वपूर्ण कुरो यहाँ भ्रष्टचार रहेको छ, केन्द्र अनि राज्यबाट धेरै योजनाको कोष आउछ तर ती योजनाहरूमा भ्रष्टचार भएर योजनाहरूको लाभ जनातालाई नभएर राजनीतिक दलका नेताहरूलाई भइरहेको छ। यो महत्वपूर्ण मुद्दामा विधायक भएपछि कार्य गर्नेछु।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ