आईजीजेएफ उम्मेद्वार बन्दना राईले बुझाइन् नामाङ्कन

Share this news

खरसाङ विधानसभा समष्टिको लागि इण्डियन गोर्खा जनशक्ति फ्रण्ट उम्मेद्वार बन्दना राईले आफ्नो नामाङ्कन पत्र बुझाएकी छन्‌‍। इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रार्थी बन्दना राईको नामाङ्कन पत्र बुझाउन अघि पार्टीद्वारा खरसाङ्मा एक र्याली आयोजना गरिएको थियो। बिहीबार भारतीय जनता पार्टीका उम्मेद्वारले पूर्वाह्नको समयमा अनि इण्डियन गोर्खा जनशक्ति फ्रण्ट उम्मेद्वारले मध्याह्नपछि नामाङ्कन पत्र बुझाएका थिए। उक्त ऱ्याली बस टर्मिनलदेखि शुरु भएर खरसाङ बजारसम्म आयोजना गरिएको थियो भने मोटर स्ट्याण्डमा आएर चुनावी सभामा परिणत भएको थियो। उक्त चुनावी सभालाई इण्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय संयोजक अजय एडवर्ड्स र उम्मेद्वार बन्दना राईले सम्बोधन गरेका थिए। उक्त चुनावी सभापछि पङ्खाबारी रोड हुँदै खरसाङ महकुमा शासकको कार्यालय माथिल्लो रोडसम्म पुगेको थियो भने उम्मेद्वार बन्दना राईले आफ्नो नामाङ्कन पत्र बुझाएकी थिए।

यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्स र उम्मेद्वार बन्दना राईले पहाड़मा परिवर्तनको लागि जनतालाई भोट दिने अपिल गरे। दुवैले इण्डियन गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट यसपाली परिवर्तनको नाराको साथमा चुनाव मैदानमा उत्रेको बताए। आफ्नो नामाङ्कन पत्र बुझाएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै बन्दना राईले भनिन्‌‍, जनताको आशीर्वादले भष्ट्रचार मुक्त पहाड़को स्थापना गर्नेछैाँं। तपाईँहरूको बहुमूल्य भोट गोर्खाल्याण्ड हुनैपर्छ भन्नेलाई भोट दिनुहुन्छ कि गोर्खाल्याण्ड होवेना भन्नेलाई दिनु हुन्छ? हामीले जय गोर्खा,जय गोर्खाल्याण्डभन्दा गोर्खाहरूको भावनासँग खेल्यो भन्ने आरोप लगाउँछ। तर म गोर्खा हुँ, गोर्खाल्याण्ड मेरो जन्मसिद्ध अधिकार हो। बन्दना राईले अघि भनिन्‌‍, दार्जीलिङ पहाड़ले परिवर्तन खोज्दैछ, यो परिवर्तनको लहरमा तपाईँहरूको साथ अति नै जरूरी छ। परिवर्तनको मार्गमा हिंँड्दा तपाईँहरूलाई यदि कसैले डर र धम्की दिन्छ भने हामीलाई भन्नु होस, हामी त्यसको सही जवाफ दिनेछैाँं। पहाड़मा पढ़ेलेखेका युवा भाई-बहिनीहरू धेरै छन्‌‍। उच्च शिक्षा हासिल गर्नलाई उनीहरू पहाड़ छोड़ेर जानु बाध्य छन्‌‍। यहाँ रोजगारको कुनै व्यवस्था छैन। त्यसकारण रोजगारको निम्ति घर परिवार र पहाड़ छोड्न बाध्य बनिरहेका छन्‌‍। भोलिको सुन्दर पहाड़ बनाउनलाई यो परिवर्तनको मार्गमा तपाईँ हामी एकबद्ध हुन जरूरी छ। यो परिवर्तनको हाम्रो लक्ष्यलाई तपाईँहरूले साथ दिनु भयो भने खरसाङ साथै पहाड़ साफ हुनेछ, भष्ट्रचारमुक्त हुनेछ।आर्थिक अवस्थाले सम्पन्न पहाड़ हुनेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ