Bandana Rai election rally Darjeeling
Bandana Rai election rally Darjeeling

खरसाङ विधानसभाको आइजीजेएफकी उम्मेद्वार बन्दना राई चुनावी रैलीमा

Share this news

खरसाङ विधानसभा समष्टिको लागि इण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेद्वार बन्दना राईको पक्षमा आइतबार खरसाङमा परिवर्तन रैलीको नाममा चुनावी रैलीको आयोजना गरिएको थियो। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको भातृ संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संगठनको आयोजनामा बन्दना राईको पक्षमा चुनावी रैलो आयोजना गरिएको थियो। उक्त रैली खरसाङको रेलवे स्टेशन परिसरबाट शुरु भएर हिल कार्ट रोड हुँदै खरसाङ बजार परिक्रमा गर्दै आइएनए बस टर्मिनलसम्म पुगेर चुनावी पथ सभामा परिणत भएको थियो।

उक्त परिवर्तन रैलीमा खरसाङ विधानसभा समष्टिको लागि इण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेद्वार बन्दना राईको पक्षमा भोटको अपिल गरिएको छ। परिवर्तनको नाराको साथमा आयोजना गरिएको उक्त रैलीमा चियाबारी श्रमिकहरुको पक्षमा विभिन्न प्ला कार्डहरु बोकेर विभिन्न नाराहरुका साथमा परिवर्तनको लागि रैली आयोजना गरिएको छ। उक्त परिवर्तनको रैलीमा उम्मेद्वार बन्दना राई र इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय र महकुमा स्तरीय पदाधिकारीहरु र कार्यकर्ताहरुले विभिन्न नाराको साथमा स्थानीयहरु समक्ष बन्दना राईलाई चुनाउमा भोट दिएर जिताउने‌ आह्वान् गरेका छन्।

उक्त रैली खरसाङको बस टर्मिनलमा पुगेर चुनावी पथ सभामा परिणत भएको थियो जसमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्स, एनबी खवास, भरत तामाङ, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संगठनको केन्द्रीय अध्यक्ष डीके गुरूङ लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए। बस टर्मिनलमा आयोजित चुनावी पथ सभालाई जतन राईले सञ्चालन गरेका थिए भने खरसाङ विधानसभा समष्टिकी उम्मेद्वार बन्दना राई, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संगठनको केन्द्रीय अध्यक्ष डीके गुरूङ र केन्द्रीय संयोजक अजय एडवर्ड्सले सम्बोधन गरेका थिए।

उक्त चुनावी पथ सभापछि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले‌ पुन: बस टर्मिनलदेखि खरसाङको मोटर स्ट्याण्डसम्म जान प्रयास गर्दा प्रशासनिक अनुमति नभएकोले प्रशासनले रोकेका थिए। तर अजय एडवर्ड्स र बन्दना राईको नेतृत्वमा बस टर्मिनलदेखि खरसाङको टुरिस्ट लजसम्म आइपुगेको थियो भने त्यहाँ पुलिस प्रशासनले अघि जान नदिएपछि त्यही नै बंगाल सरकारले दिने भनेको 5 डेसीमल जमीनको पट्टा स्वीकार्य छैन भन्दै कागजको टुक्का जलाएर विरोध प्रदर्शन गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ