Price transparency Campaign Nepal
Price transparency Campaign Nepal

नेपालमा भोलि बालेन्द्रले प्रधानमन्त्री पदको शपथ लिने

Share this news

काठमाडौँ (निसं): राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)-ले शुक्रवार अपराह्न १२.३४ बजी (भारतीय समयअनुसार १२.१९ बजी) प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने भएका छन्। रास्वपा स्रोतका अनुसार प्रधानमन्त्रीको शपथको शुभसाइत सो समयमा जुरेको हो। सोही अनुसार निर्धारित समयमा नै शपथ ग्रहण कार्यक्रम आयोजना गरिने तयारी गरिएको छ।

राष्ट्रपति भवन (शीतल निवास) मा हुने उक्त शपथ ग्रहण समारोहमा ७ वटा शंखनाद हुनेछ। त्यस्तै १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। उक्त कार्यक्रमलाई भव्य र औपचारिक रूपमा सम्पन्न गर्ने तयारी भइरहेको जनाइएको छ।त्यसअघि बिहीवार सांसदहरूले पद तथा गोपनीयताको शपथ लिने छन्। शपथ ग्रहण प्रक्रिया सम्पन्न भएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।

बुधवार प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिइसकेका छन्। केसीले नै अन्य सदस्यहरूलाई शपथ ग्रहण गराउने छन्। यस प्रक्रियामार्फत प्रतिनिधिसभाका सबै सदस्यहरू औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्ने छन्।गत ५ मार्च सम्पन्न प्रतिनिधिसभाको चुनाउमा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। रास्वपाले चुनाउअघि नै वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउने उद्घोष गरेको थियो। सोही घोषणाअनुसार अब शाह प्रधानमन्त्री बन्ने भएका हुन्। बालेन्द्र शाह विश्वकै कनिष्ठ प्रधानमन्त्री हुने भएका छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ