बाल विकास अरम्भ गर्ने ती सचेत र शिक्षित युवतीहरू धन्य हुन्‌ः सभासद्‌‍

Share this news

खरसाङ,  (निसं)ः आज खरसाङ नगरपालिको वार्ड नम्बर 7 स्थित लोवर शेर्पा बस्तीमा सर्वोदय संध भवनमा शनिवारदेखि बालविकास कक्षा आरम्भ गरिएको छ। सर्वोदय सङ्घका शिक्षित युवतीहरूको समहूले गाउँका बाल-बालिकाहरूलाई सुमार्गमा डोऱ्याउने उद्देश्यले उक्त बालविकास कक्षा खरसाङ साई समितिको सहयोगमा आरम्भ गरेको हो। शनिवार बालबाकिस कक्षा आरम्भ मुख्य अतिथि खरसाङ चिम्नी देवराली समष्टि सभासद्‌‍ श्याम शेर्पाको बहुलीबाट दियो बालेर गरियो। उक्त कार्यक्रममा बाल-बालिकाहरूको साथमा अभिभावक अनि गाउँका वरिष्ठ नागरिकहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा खरसाङ साई समितिबाट गुरुमा जयन्ती आले, गीता प्रधान अनि राखी प्रधानले बालविकास कक्ष कसरी सञ्चालन गरिन्छ भनी प्रशिक्षण प्रदान गरे। कार्यक्रममा आफ्नो वक्तव्य राख्दै सभासद्‌‍ श्याम शेर्पाले सर्वोदय सङ्घका ती सचेत र शिक्षित युवतीहरूप्रति आभार प्रकट गरे, जसको सोचले लोवर शेर्पा बस्तीमा बालविकास कक्षाको शुरुआत भयो भनी बताउदै तिनले यस कार्यमा सहयोग गर्ने सम्पूर्ण गाउँवासीलाई पनि धन्यवाद दिए। सभासद्ले बालविकास सञ्चालन गर्नुको निम्ति कुनै सहयोगको अवश्कता परे सदैव सहयोग गरिदिने वचन दिए। उक्त कार्यक्रममा वरिष्ठ नागरिक पासाङ लामा अनि फुरलमू शेर्पाले पनि वक्तव्य राखेका थिए, कार्यक्रमलाई सुचारु ढङ्गमा आयोजना गर्नको निम्ति नम्रता खातीले सहयोग पुऱ्याएका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ