Balbahadur Mukhiya book launch Event
Balbahadur Mukhiya book launch Event

लेखक बलबहादुर मुखिया “अलङ्कार”का तीनवटा पुस्तकको लोकार्पित

Share this news

दार्जीलिङको सुके क्षेत्र अन्तर्गत प्लुङदुङ बस्तीका अवकाशप्राप्त शिक्षक, कृषक अनि साहित्यकार बलबहादुर मुखिया “अलङ्कार”को तीनवटा पुस्तकको लोकार्पण हिजो गरिएको थियो। यी पुस्तकहरूमा अभिनन्दन ग्रन्थ “भञ्ज्याङको आवाज”, कृति संग्रह “खिच्रो” अनि कविता संग्रह “रङविहीन घामको छाप” रहेका छन्। कार्यक्रम प्लुड्दुङ लेप्चा सामुदायिक भवनमा साहित्य चित्रकला र सङ्गीत संस्थान, साचिसंको तत्वावधानमा आयोजन गरिएको थियो। जसमा तरूण सङ्घ, प्लुङदुङ बस्तीको विशेष सहयोग रहेको थियो। यो भव्य कार्यक्रममा विभिन्न ठाउँका साहित्यकारहरूको उपस्थिति रहेको थियो।

साचिसंका अध्यक्ष प्रेम गुरूङद्वारा अध्यक्षता गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा डा.गोकुल सिन्हाको उपस्थिति रहेकोे थियो। विशिष्ट अतिथिहरूमा डा. राजकुमार छेत्री, सचेन्द्र दुमी, गणेश कुमार भट्टाराई, एनपीएस निरौला, सिक्किम, युवराज काफ्ले, डा. सुकराज दियाली, गणेश प्रधान, मणिकुमार शर्मा, डा. तेजमान बराइली, देबीका सुब्बा खवास, प्रदीप रसाइली, सिलगढी, अशोक ठकुरी, रीता ठकुरी, दार्जीलिङ, राजेन्द्र प्रधान पासा, सोनादा, लक्ष्मी प्रधान र टोली, मेथीबारी, सिलगढीलगायत अरू धेरै साहित्यकारहरूको उपस्थिति रहेको थियो।

सर्वप्रथम पुस्तक “भञ्ज्याङको आवाज”, दोस्रो चरणमा कविता संग्रह “रङविहीन घामको छाप” विमोचन, दोस्रो चरणमा कृति संग्रह “खिच्रो” अनि तेस्रो चरणमा कविता संग्रह “रङविहीन घामको छाप”को लोकार्पण गरिएको थियो। यी पुस्तकहरूमाथि युवराज काफ्ले, डा. सुकराज दियाली, डा. राजकुमार छेत्री, एनपीएस निरोला, डा. तेजमान बराइलीले वक्तव्य राखेका थिए।

समारोहमा युवराज काफ्ले, डा. तेजमान बराइली, देबिका सुब्बा खवास, प्रदीप रसाइलीलगायत अन्यलाई सम्बर्द्धना जनाइयो। यसै गरी विभिन्न क्षेत्रबाट समुदायमा योगदान दिने व्यक्तित्वहरूलगायत पत्रकारहरूलाई पनि सम्मान गरिएको थियो। यो समारोहमा वैज्ञानिक डा सङघराज दियालीलाई साचिस शैक्षिक सम्मान२०२६ प्रदान गरियो।

सांस्कृतिक कार्यक्रमहरू पनि राखिएको समारोहमा लेखक बीबी मुखियाको परिचय दिपेन्द्र राईले प्रस्तुत गरेका थिए। स्वागत भाषण सुनील प्रणामीले राखेका थिए भने अनुप दास र नम्रता संस्कारले खुबै सुन्दर तरीकाले कार्यक्रमको सञ्चालन गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ