बद्रीनारायण प्रधान जयन्ती तथा पुरस्कार अलङ्करण

Share this news

साहित्यकार बद्रीनारायण प्रधानको ९८ औँ जयन्ती तथा पुरस्कार अलङ्करण समारोह आइतबार बाग्राकोटमा भव्य रूपमा सम्पन्न भयो। समारोहमा विभिन्न क्षेत्रबाट विशिष्ट साहित्यकार, बुद्धिजीवी, साहित्यानुरागी, पत्रकार एवं युवा सर्जकहरूको गरिमामय उपस्थिति थियो। दार्जीलिङ, सिक्किम, कालेबुङ, खरसाङ, सालबारी, सिलगढ़ी, गोरुबथान, रोङ्गो, उत्तर बङ्गाल विश्वविद्यालय, डुवर्स क्षेत्रका प्रतिनिधि सर्जकहरू उपस्थित भएर कार्यक्रमलाई सफल तुल्याइदिनु भएकोमा सबैप्रति बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका सचिव, रूपेश शर्माले

हार्दिक आभार प्रकट गरेका छन्। मुख्य अतिथि डा. सुजाता रानी राई, अध्यक्ष डा. मोहन पी. दाहाल, पुरस्कार प्रापक वरिष्ठ कवि ज्ञानेन्द्र खतिवड़ा, अतिथिगण डा. सञ्जय बान्तवा, अनमोल प्रसाद, युवराज काफ्ले, एमएन दाहाल, गोपालसिंह विश्व, अबीर खालिङ अनि बद्रीसरमाथि मूल्याङ्कनपरक विचार राखिदिनुहुने जय क्याक्टसज्यूप्रति शर्माले आभार व्यक्त गरेका छन्। शब्द समय, सालबारी; साहित्य सिर्जनशील समूह, सामसिङ; मतिगड़ा गोर्खा कल्याण सङ्घ, डुवर्स नेपाली साहित्य विकास समिति, साहित्य परिक्रमा, बाग्राकोट उच्चतर माध्यमिक विद्यालय आदि संस्थाप्रति सबैको संस्थागत सहभागिताको निम्ति पनि हार्दिक कृतज्ञता प्रकट गरेका छन्। उक्त कार्यक्रमलाई प्रसारण गरिदिएर सहयोग पुऱ्याउने पत्रकार मित्रहरू अनि विभिन्न टीभी तथा युट्यूब च्यानलका प्रतिनिधिहरूप्रति पनि आयोजन समितिको पक्षबाट रूपेश शर्माले हार्दिक आभार प्रकट गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ