सिटोङ ३ अन्तर्गत बिरिकदेखि सिटोङ, शेल्पु बजार, आहाल डाँडासम्मको वाहन गुड्ने सडकको बिग्रँदो अवस्था भएको छ। यसले गर्दा स्थानीय मानिसहरू लगायत पर्यटकहरू बाटोको अवस्था देखेर आवतजावत गर्न डराउँछन्। यस्तो अवस्थामा सम्बन्धित निकायले यथाशिघ्र सडकको मरम्मति गर्न आवश्यक रहेको छ।
सिटोङ ३ अन्तर्गत बिरिकदेखि लङ्कु, रोलक, सिटोङ, शेल्पु, माना, घलेटार आदि हुँदै खरसाङ अनि दार्जीलिङसम्म पुग्ने यो गाडी सडक हो। तथापि वर्षीय यो बाटोको मर्मत गरे तापनि किन यो बाटो पक्की स्थायी हुँदैन ? किन आँखा छल्ने कारपेटिङ हुन्छ ? किन ६-७ मिहिनाभित्र नै बाटो भत्कन्छ ? यो ठूलो जिज्ञासा मात्र होइन प्रश्न चिन्ह नै खडा भएको छ।
सिटोङ क्षेत्रमा राष्ट्रिय राजमार्ग १० देखि यता कुनै बाटो पक्की अनि स्थायी देखिन्न, हुन त कतिपय स्थानहरू सिङ्किङ तथा ल्याण्डस्लाइड पनि छ तर पक्का धरातल भएका सडक पनि त छ ‘ किन यो बाटोहरूको लामो आयु हुन नसकेको होला भनेर स्थानीय मानिसहरूले प्रश्न उठाएका छन्। वर्तमानमा सिटोङ क्षेत्रमा लिङ रोडहरू पक्का छन् होला, तर सिटोङ क्षेत्रका मुल सडक जसलाई जीवन रेखा मान्छन् ती सडकहरूको बिग्रँदो अवस्थामा नै देखिन्छ। अहिले बिरिक जंगलको बाटो खराब स्थितिमा देखिन्छ भने सिटोङदेखि आहाल डाँडासम्मको बाटोहरू ठाउँ-ठाउँमा बिग्रँदो अवस्थाको देखिन्छ।
भर्खर मात्र कर्मठ पहिरोको बाटोले विकल्प पाएको छ भने त्यो बाटो सुध्रिन अझ समय लाग्ने छ तथापि अहिलेलाई भने वाहन चालक अनि स्थानिय मानिसहरूले केही राहत पाउन थालेका छन्। बाटो खराब भएपछि सुविधा पाउन वञ्चित, बिरामी अस्पताल उपचार गर्न असुविधा, खाद्य सर-सामान महँगो अनि गाडी भाडा महँगो भङएको छ। यी तमाम समस्या आदिसँग बेला-बेला मर्कामा पर्छन् स्थानीय मानिसहरू। फेरि बिरिकदेखि आहाल डाँडासम्मको बाटोलाई मर्मत गर्न आवश्यक अनि अनिवार्य देखिन्छ।












