जटीएको पुरस्कार अलङ्करण समारोह मेथिबारीमा

Share this news

खरसाङ, (निसं)ः गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) को सूचना एवं सांस्कृतिक विभागद्वारा आगामी 11 जनवरीमा सालबारीस्थित मेथीबारीको जनहित समाज भवनमा पुरस्कार अलङ्करण समारोह आयोजना हुने जानकारी जीटीएका सूचना एवं सांस्कृतिक विभागका सहनिर्देशक विमल राईबाट पाइएको छ।
तिनले जनाए अनुसार उक्त पुरस्कार अलङ्करण समारोहमा साहित्यिक क्षेत्रका महान्‌‍ विभूतिहरूको नाममा प्रत्येक वर्ष प्रदान गरिने अगावै घोषणा गरिएका पुरस्कारहरू गिरी पुरस्कार 2025, शिव कुमार राई पुरस्कार 2025 अनि हायमनदास राई किरात पुरस्कार 2025 प्रदान गरिने छ। जसमा कला, साहित्य सहित विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याएका यी पूर्व घोषित पुरस्कारहरू प्रदान गरिनेछ।

जसमा गिरी पुरस्कार 2025 साहित्य विधा अन्तर्गत राजु प्रधान हिमांशुलाई, संगीत विधामा सुरेशकुमार छेत्रीलाई, शिवकुमार राई पुरस्कार 2025, साहित्य विधामा शमशेर अलीलाई प्रदान गरिनेछ भने हायमनदास राई किरात पुरस्कार 2025, साहित्य विधा (आख्यान) मा समीर राई शान्तिलाई प्रदान गरिनेछ।
यसको अतिरिक्त गत 29 दिसम्बर 2025 को दिन मास्टर मित्रसेन थापाको 130 औँ जन्म दिवस पालन गर्दै दार्जीलिङ गोर्खा रङ्गमञ्च भवनमा मास्टर मित्रसेन थापा पुरस्कार 2025- ले लोकप्रिय गायक इन्द्रजीत मिजारलाई अलङ्करण गरिएको छ।

जुन प्रकारले रक सङ्गीतको माध्यमले अनि आफ्नो उत्कृष्ट प्रस्तुतीले अन्तर्राष्ट्रिय स्तरसम्म नेपाली भाषा अनि सङ्गीतप्रति योगदान पुऱ्याएको मन्त्र व्याण्डलाई पनि पुरस्कारले सम्मानित गरिनेछ भने समारोहमा अन्य विभिन्न पक्षहरूमा घोषणा पनि हुने सम्भावना रहेको छ। कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, व्यक्ति विशेष संगै जीटीएका अधिकारीहरू, प्रतिनिधिहरू सहित प्रमुख अतिथिको रूपमा जीटीए प्रमुख कार्यपाल अनित थापाको उपस्थिति रहने छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ