सिलगढ़ी शहरमा सुरक्षा व्यवस्था लिएर प्रश्न

Share this news

सिलगढ़ी, (निप्र):

बाधाबिनै एटीएम काउण्टर लुटेर सहजै दुष्टहरूले सुइँकुच्चा ठोके। त्यत्ति नभएर दुष्टहरूले एटीएम लुटेपछि प्रधाननगर थाना अगाडि हुँदै वाहन लिएर चम्पट कसेका थिए। यसपछि तिनीहरू दार्जीलिङ मोड़ हुँदै हाईवे अनि एकपछि अर्को क्रमशः विभिन्न थाना पार गर्दै दुष्टहरू भागे तापनि कत्तै पनि तिनीहरूको वाहन रोकिएन। यस घटनापछि रातको अँध्यारोमा शहर तथा वरिपरि इलाकाको सुरक्षा व्यवस्था कमजोर रहेको प्रमाणित भएको छ भने रात परेपछि शहरमा के पुलिस हुँदैन भन्ने प्रश्न उठेको छ।अर्कोतिर, अधिकांश पुलिसले यसको निम्ति पुलिस भेनको अभाव वा वाहनहरूकै समस्या देखाएको छ। अधिकांश पुलिस भेनको वाइपर छैन। पानी परे वाहनभित्र पानी चुहुन थाल्छ,यस्तो स्थितिमा कसरी गश्ती लगाउनु भन्ने पुलिस कर्मचारीहरूको भनाइ छ। सिलगढ़ी मेट्रोपोलिटन पुलिसको डीसीपी (वेष्ट) विश्वचाँद ठाकुरले भने, गश्ती लगाइरहेछ भनेर नै मैनागढ़ीको घटनामा डाकाहरूलाई तुरन्त पक्राउ गर्न सम्भव भएको हो। पहिलाभन्दा अझ धेर पुलिसको गश्ती बढ़ाइएको छ तर पनि डकैतीको घटना घटिरहेको छ। पुलिसलाई अझ सतर्क हुनुपर्नेछ।

सिलगढ़ीमा पुलिसको गश्ती लिएर प्रायः नै प्रश्न उठ्ने गर्छ। रात परेपछि शहरमा पुलिस भेन देखा पर्दैन। केही महिनाअघि पानीट्याङ्की मोडनजिक आधा रातमा एकजना महिलासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपलाई लिएर शहरको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको थियो। पुलिस प्रशासनको पक्षबाट राति

सिलगढ़ीमा साइकल पेट्रोलिङ गराउने कुरो रहे तापनि अहिले त्यो बन्द छ। जुन इलाकामा एटीएम लुटपाटको घटना घटेको थियो, त्यस इलाकाको दायित्वमा रहेका गश्ती लगाउने भेनको अण्डरमा अझ १५ वटा एटीएम काउण्टर पर्छ भने थुप्रै सुन दोकान पनि छन्। सम्पूर्ण इलाका घुम्न दुई घण्टाभन्दा धेर समय लाग्दछ।स्थानीय निवासी सञ्जीव दासले भने, बेला बखत् दार्जीलिङ मोड़ र चम्पासरी मोड़मा पुलिसको गश्ती लगाउने भेन देखा परे तापनि अधिकांश समय नै भेन रहँदैन। यसैले राति शहरको सुरक्षा व्यवस्था लिएर प्रश्न उठ्नु स्वाभाविकै हो। मलमा काम गर्ने महानन्द पाड़ा निवासी एक युवतीले भनिन्, घर फर्किंदा प्रायः ढिलो हुने गर्छ। कहिलेकाही घरबाट परिवारका कुनै सदस्य लिन आए

तापनि प्रायः जसो टोटोमा घर फर्किनु गर्छु। तर बाटोमा कतै पुलिस भेन देख्दिनँ। शहरका विशिष्ट एकजना साहित्यकारको भनाइमा, शहरका अधिकांश एटीएम काउण्टरहरूमा सुरक्षा कर्मी हुँदैन। सुरक्षा कर्मी राख्नु जरुरी छ। यत्ति ठूलो इलाका पुलिसलाई नजरमा राख्नु सम्भव छैन। सिलगढ़ीका मेयर गौतम देवले साहित्यकारको भनाइलाई समर्थन गरेका छन्। तिनले भने, एटीएम लुटपाट १३ मिनटको थियो। पुलिसले सीसीटीभी फुटेज हेरेर तिनीहरूको गतिविधि थाह पाएको छ। दुष्टहरूलाई शीघ्र पक्राउ गरिनेछ ।

सिलगढ़ीका विधायक शङ्कर घोषले भने, वास्तवमा भन्नु पर्दा अहिले राज्यभरि नै कानुन व्यवस्था भताभुङ्ग भएको छ। बुधवार राति चम्पासरीमा एटीएम लुटपाट भएको घटना यसैको एउटा उदाहरण हो।

Share this news
आजको रोजाइ
पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

आजको रोजाइ