२०२६-को बंगाल विधानसभा चुनाउ भाजपाले छोड्ला पहाड़का आसन !

Share this news

दार्जीलिङ,16  जनवरी (निस): यसपालीको बंगाल विधानसभा चुनाउमा भारतीय जनता पार्टी (भाजपा) ले दार्जीलिङ पहाड़का तीनवटा आसन पहाड़का आफ्ना सहयोगी पार्टीहरूका लागि छोड़िदिन्छ ? कि सबै आसनमा भाजपाले विगतमा जस्तै आफ्नै उम्मे‌द्वारहरू खड़ा गर्ने हो? यो चर्चाले अहिले दार्जीलिङ पहाड़मा निकै महत्व पाइरहेको छ। यद्यपि, विगतका लोकसभा चुनाउहरूमा भारतीय जनता पार्टीलाई साथ दिने क्षेत्रीय राजनीतिक दलहरू सबैले नै आगामी विधानसभा चुनाउमा भाजपाले क्षेत्रीय पार्टीहरूलाई यी आसनहरू छोड़िदिनुपर्छ भन्ने माग गर्दै आइरहेका छन् ।

यसबारे लोकसभा चुनाउमा भाजपा गठबन्धनमा रहेको क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) केन्द्रीय समितिका सांगठनिक सचिव शेखर छेत्रीसित कुराकानी गर्दा उनले भने-दार्जीलिङ पहाड़का

क्षेत्रीय राजनीतिक पार्टीहरूले सन् २००९ देखि नै लोकसभा चुनाउमा भारतीय जनता पार्टीलाई सहयोग प्रदान गर्दै आइरहेका छन्। जसमा सन् २००९ बाहेक भाजपाले जीत पनि हासिल गर्दै आइरहेको छ। यसैले भाजपाले विधानसभा चुनाउमा दार्जीलिङ पहाड़का तीनवटा आसन क्रमैले दार्जीलिङ, खरसाङ अनि कालेबुङ विधानसभा आसन क्षेत्रीय पार्टीहरूका लागि खुल्ला छोड़िदिएको उचित हुनेछ र यसबारे पोर्टीले लगातार कुरा पनि गरिरहेको छ।

तर के भाजपाले यी आसनहरू क्षेत्रीय पार्टीहरूका लागि खुल्ला छोड़िदेला? यो सबैभन्दा ठूलो प्रश्न बनेर अघि आइरहेको छ। किनभने, गत विधानसभा चुनाउमा भारतीय जनता पार्टीले दार्जीलिङ पहाड़का तीनवटै आसनबाट आफ्नै उम्मेद्वार खड़ा गरेको थियो। जसमा दार्जीलिङबाट निरज जिम्बा, खरसाङबाट बीपी बजगाईं अनि कालेबुङबाट शुभप्रधान थिए । जसमध्ये दार्जीलिङ र खरसाङका उम्मेद्वारले जीत हासिल गरेका थिए भने शुभ प्रधान पराजित भएका थिए। यसपाली पनि कालेबुङबाट उम्मेद्वार हुनेहरूको सूची निकै भाजपा

लामो देखा परिरहेको छ। जसमा भाजपा जिल्ला अध्यक्ष कल्याण देवान, कालेबुङ नगरपालिकाका पूर्व अध्यक्ष शुभ प्रधान, सोड्दैन लेप्चाको नाम सबैभन्दा अघि आइरहेका छन्। यसबारे भाजपाले अहिलेसम्म पुष्टि नगरे पनि भाजपा उम्मेद्वारका रूपमा डा. पीडी भोटियाको नाम पनि निकै चर्चामा आइरहेको छ।

विधायक निरज जिम्बालाई यसपाली भाजपाले खरसाङ विधानसभा आसनबाट टिकट दिन्छ भन्ने हल्ला पनि जोड़तोड़ले चलिरहेको छ भने दार्जीलिङबाट यसबाहेक दार्जीलिङका

सञ्जीव लामाको नाम चर्चामा आइरहेको छ। तर यसको ठीक विपरीत भाजपा गठबन्धनमा रहेका पार्टीहरूमध्ये गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) ले पनि यसपाली पहाड़का तीनवटै आसनबाट आफ्नै उम्मेद्वार खड़ा गर्ने घाँइघुँई छ। जसअनुसार, दार्जीलिङ विधानसभा आसनबाट पार्टीले गोर्खा जनमुक्ति युवा मोर्चा अध्यक्ष नोमन राईलाई खड़ा गर्ने तय गरेको पनि जानकारी पाइएको छ।

यस सम्बन्धमा नोमन राईसित सम्पर्क गर्दा उनले पनि क्रामाकपाकै लाइनमा भने-हालसम्म लोकसभा चुनाउमा भाजपालाई सहयोग दिइएको हो अनि गोजमुमोले पनि विधानसभा चुनाउमा भाजपाले क्षेत्रीय दलका उम्मेद्वारहरूलाई नै सहयोग गरोस् भन्ने चाहेको छ। तर अहिलेसम्म यसबारे आधिकारिक रूपमा कुनै निष्कर्ष निस्किएको छैन। यदि भाजपाले आफ्नै उम्मेद्वार खड़ा गर्छ वा निरज जिम्बालाई जस्तै अन्य दलका उम्मेद्वारलाई भाजपाको टिकटमा चुनाउमा खड़ा गराउन चाहन्छ भने त्यसमाथि पनि पार्टीले केही सोंच्नेछ । यदि गोजमुमोले आफ्नै उम्मेद्वार खड़ा गर्नु हो भने त्यसमा दार्जीलिङबाट मेरो नाममाथि पार्टीले निर्णय लिइसकेको छ, राईले स्पष्ट पारे।

यसबाहेक भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सम्भावित उम्मेद्वारहरूको नामबारे अघिबाटै हिमालय दर्पणले एक रिपोर्ट प्रस्तुत गरिसकेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ