असीत राईको सालिग स्थापनाको निम्ति ज्ञापन

Share this news

खरसाङ, (निसं): भारतीय नेपाली साहित्यको पहिलो फेलो साहित्यकार असीत राईको सालिग निर्माणको लागि स्थान बनाउन असीत राई स्मृति साहित्यिक संस्था तीनधारे महानदी समष्टिको कार्यकारी समितिले खरसाङ खण्ड पञ्चायत समितिकी सभापति अनु छेत्रीलाई भेट गरेर ज्ञापन पत्र बुझाएका छन्‌‍।

साहित्यकार असीत राईको सालिग उनको गाउँ महानदीमा स्थापना गरिने भएको छ। यसको लागि मूर्तिकार अमीर सुन्दासले सालिग बनाईरहेका छन्‌‍। उक्त सालिग राख्ने ठाउँमा वरिपरि बारबेर गरेर राख्नु पर्ने र सालिग राख्ने ठाउँमा केही स्थान बनाई दिने अनुरोध गर्दै असीत राई स्मृति साहित्यिक संस्था तीनधारे महानदी समष्टिको तर्फबाट खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्रीलाई ज्ञापन दिइएको छ। उक्त अनुरोधलाई पञ्चायत समिति सभापति अनु छेत्रीले सहयोग आश्वासन दिएकी छन्‌‍। उनले चाँड़ै नै सालिग स्थापित गरिने स्थान बनाउन र काम गर्नलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्‌‍।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै असीत राई स्मृति साहित्यिक संस्था तीनधारे महानदी समष्टिको सभापति शेखरचन्द्र प्रधानले साहित्यकार असीत राईको सालिग महानदीमा स्थापना गर्नलाई कार्य भइरहेको र यसको लागि सालिग निर्माण भइरहेको र सालिग राख्ने ठाउँ निर्माणको लागि खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्रीलाई ज्ञापन दिइएको जानकारी गराएका छन्‌‍। उनले बताए अनुसार साहित्यकार असीत राईको सालिग जीटीए प्रमुख अनित थापाको सहयोगमा निर्माण भइरहेको र सालिगको निर्माण कार्य चलिरहेको बताएका छन्‌‍।

उल्लेखनीय छ, भारतीय नेपाली साहित्यको पहिलो फेलो साहित्यकार एवं साहित्य अकादमी पुरस्कारले पुरस्कृत साहित्यकार असीत राईको सालिग महानदीमा स्थापना गरिने भएको छ र यसको लागि असीत राई स्मृति साहित्यिक संस्था तीनधारे महानदी समष्टि गठन गरेर कार्य भइरहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ