Asha Paramedical-Nursing Institute
Asha Paramedical-Nursing Institute

आशा प्यारामेडिकल-नर्सिङ इन्स्टिच्युट दार्जीलिङ शाखामा ताला छ

Share this news

आशा प्यारामेडिकल अनि नर्सिङ इन्स्टिच्युट, सालबारीमा भएको फर्जीकाण्ड विषय जीटीए किन मौन भनेर प्रश्न उठिरहेको समय, जीटीए सभा डेपुटी चेयरम्यान राजेश चौहान अनि टीमले आज दार्जीलिङमा जिल्ला शासक अनि जिल्ला पुलिस अधिक्षक श्रीमती प्रतिक्षा जारखारियासित भेट गरी जीटीए चिफ अनित थापाकाे पत्र माथि कस्तो कार्यवाही भई रहेको छ, त्यसको जानकारी लिए। पत्र मुख्य सचिव स्वास्थ्य अनि परिवार कल्याण विभाग, पश्चिम बङ्गाल सरकारलाई सम्बोधन गरिएको छ। पत्राचार गरिएको मिति 9 फेब्रुअरी रहेको छ, जुन घटना घटेको समय छेउ हो। पत्रमा दोषी सँस्था विरुद्ध जाँच गर्ने अनि विद्यार्थीलाई न्याय दिने अपील गरिएको छ।
सभासद राजेश चौहानले जानकारी दिए अनुसार जुन दिन फर्जी काण्डलाई लिएर विद्यार्थीहरुले आवाज उठाएका थिए त्यही दिन नै जीटीए चिफले बंगाल सरकार स्वास्थ्य अनि परिवार कल्याण विभागका मुख्य सचिवलाई पत्राचार गरेर घटनामाथि जाँच गर्ने अपील गरेका थिए। चौहानले जनाए अनुसार जीटीए प्रमुख अनित थापाले दार्जीलिङ्ग सीएमओएचलाई संस्था विरुद्ध प्राथामिकि दर्ता गर्ने निर्देश दिएका थिए। सीएमओएचले पनि 9 फेब्रुअरी कै दिन सँस्थामाथि प्राथमिकी दर्ता गरेका थिए। आज जिल्ला पुलिस अधिक्षक सँग सीएमओएचले दर्ता गरेको प्राथमिकी विषय स्टाटस लिएको बताए।
पुलिसले दोषीलाई पक्राउ गरिसकेको छ भने दोषी विरुद्ध कानुनी प्रक्रिया सुर भएको छ।
राजेश चौहानले जानकारी दिए अनुसार संस्थाको दार्जीलिङ्ग शाखाको कार्यालयमा पुलिस प्रशासनले ताला लगाइसकेको छ। चौहानले जीटीए चिफको बयानलाई दोहोर्याउँदै भने, ” जीटीएले आफ्नो प्रभाव क्षेत्र अनि व्यवस्थापन भित्र गर्नु सक्ने कार्य गरिरहेको छ। विद्यार्थीहरूलाई भेट्न जानुभन्दा बढी हामीले उनीहरूको मुद्दालाई प्राथमिकता दिएर प्रशासनिक कार्य गर्यौ। अहिले केस कोर्टमा दर्ता गरिएको छ अनि सम्बन्धित व्यक्तिलाई पुलिसले आफ्नो हिरासतमा लिएको छ। जीटीए कहिले पनि चुप बसेको छैन।”

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ