आशा-गाई परियोजना अघि सर्दै विक्रम गाउँ-वस्तीसम्म

Share this news

दार्जीलिङ, 30 नोभेम्बर(निसं): दार्जीलिङ पहाडी भेगमा यसैलाई आत्मसात गर्दै विकरण फाउण्डेशन-ले गाई संरक्षण गर्ने लक्ष्यसँगै गत 4 अनि 5 अक्टोबरमा आएको प्राकृतिक आपदाले पुर्‍याएको गाईको नोक्सानीलाई पुरा गर्ने उदेश्य लिएर जीटीए प्राणी सम्पदा विभागको सहकार्यमा गौधन प्रकल्प आशा गाई परियोजना शुरु गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको गाइ रक्षा गर्ने सन्देशबाट प्रेरित भएको, जसले प्राकृतिक प्रकोपमा गाई गुमाएका जिल्लाभरिका दुई दर्जन किसानहरुकालागि गाई वितरण गर्नेछ। गाई तिहार अर्थात लक्ष्मी पुजाकै दिन साकेतिक रूपमा सुकिया-पोखरी खण्डबाट शुरु गरिएको यो परियोजनाले एक वितरण कार्यक्रम मात्रै नभएर गाईलाई सर्वश्रेष्ठ प्राणीको रूपमा सगरक्षण गर्नुपर्ने सन्देश समाजसामु प्रस्तुत गरेको छ भनी विकरण फाउण्डेशन-ले जानकारी गराएकोछ।
संस्थाको जानकारी अनुसार, दीपावलीको दिन, जब हिन्दू परम्परा अनुसार गाईलाई पवित्रता, मातृत्व र सम्पन्नताको प्रतीकका रूपमा पूजा गर्छन यसैदिन गर्नाले गाईको सगरक्षण गर्नुपर्ने सन्देश जान्छ ।यसको साथमा हिन्दू धर्मग्रन्थहरूमा गाईलाई गावो विश्वस्य माता गाई ब्रह्माण्डकी आमा हो” भनेर सम्मान गरिएको छ।गाईलाई दैवी सम्पन्नताको मूर्तरूप मानिन्छ, जसले दूध, अन्न, र पोषणमार्फत सबै प्राणीहरूलाई निस्वार्थ रूपले पालनपोषण गर्छे।
यसबारेमा जानकारी गराउदै विक्रम फाउण्डेशन प्रमुख विक्रम राईले यो योजना केवल एक पीडितहरु पाउने क्षतिपूर्तिको कार्यक्रम मात्रै नभएर ग्रामीण भेगको प्रमुख अर्थतन्त्रको खाबो गाईलाई सगरक्षण गर्ने पहलको हिस्सा मानेका छन्। उनले भने, हामीले हानिको मुटुमा आशाको बीउ रोपिरहेका छौं।आशा गाई केवल एउटा गाई होइन , दृढताको धड्कन तथा गाई संरक्षणको साकेतिक पहल हो । यस परियोजना मार्फत हामी ती परिवारहरूमा आत्मनिर्भरता र सम्मान पुनर्स्थापित गर्न चहान्छौ जसले सबै कुरा गुमाएका छन्। यसैगरि समाजमा गाई केवल एक जनावर मात्रै होइन प्रकृति तथा मानवबीचको पुल पनि हो भन्ने सन्देश  चाहन्छौं। प्रत्येक गाई एउटा वाचा हो, दार्जीलिङ फेरि उठ्नेछ, सामूहिक करुणा र सहानुभूतिको बलमा भन्ने। प्रत्येक प्रदान गरिएको गाई — जसको नाम आशा गाई (आशाको गाई) राखिएको छ। जुन प्राचीन भारतीय गौधनको अवधारणाको प्रतीक हो,जो आज देशका सर्बोच्च पदमा बस्नेहरु समेत अनुसरण गरिरहेका छन्। जसले जीवन पोषण गर्ने र पारिस्थितिक समरसता प्रवर्द्धन गर्ने पवित्र सम्पत्तिलाई जनाउँछ। यस्तै परियोजनाले जैविक खेतीलाई प्रोत्साहन गर्न र मानव, जनावर र प्रकृति बीचको सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन पनि लक्ष्य राखेको छ।
यसको साथमा  गाई तथा मानवीय सम्बन्धको बडदो दुरीलाई पनि यस्ता योजनाहरुले केहि हदसम्म कम गर्नेमा उनको बिश्वास छ। उनले अझै भने, हामीले परियोजनाको नाम नै “आशा” राखेका छौं जसको अर्थ नै आपदाले गाई गुमाएका किसानहरुले पुनः गाईलाई जीविकोपार्जनको माध्यम बनाउन सकुन्। यसका साथमा यस परियोजनाको माध्यमबाट मानव तथा प्रकृतिको सम्बन्ध अझै नजिकैको बन्न सकोस् भन्ने हो।  समुदायको सहभागितासँगै, परियोजनाले हानिलाई जीविकोपार्जनमा, र निराशालाई साझा पुनरुत्थानमा रूपान्तरण गर्ने आशा राखेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ