मायुडियामा बाघको आक्रमणबारे लापरवाही भएको एपीसीसीको आरोप

Share this news

अरुणाचल प्रदेश कांग्रेस समिति (एपीसीसी) ले मायुडिया क्षेत्रमा बाघको आक्रमणमा परेर ज्यान गुमाएका हेड कन्स्टेबल चिकसेङ मन्पाङप्रति गहिरो शोक व्यक्त गर्दै उक्त घटनामा राज्य सरकार र वन विभागको गम्भीर लापरवाही रहेको आरोप लगाएको छ।

एपीसीसी अध्यक्ष बोसिराम सिरामले भनेका छन् , मायुडिया–अनिनी सडकखण्डमा बाघको आवतजावतबारे एक महिनाभन्दा अघिदेखि नै सूचना प्राप्त हुँदै आएको भए पनि सम्बन्धित निकायले कुनै पनि सुरक्षा तथा रोकथामका उपाय अवलम्बन नगरेको कारण यस्तो दुःखद घटना घट्न पुगेको हो।

उनका अनुसार मृतक पुलीस अधिकृत ‘सरकार आपके द्वार’ कार्यक्रममा सहभागी भई अनिनीबाट घर फर्किंदै गर्दा बाघको आक्रमणमा परेका थिए। सो सडकखण्ड वन्यजन्तुको आवागमन हुने संवेदनशील क्षेत्र भए पनि उनलाई कुनै सरकारी सवारी साधन वा सुरक्षा व्यवस्था उपलब्ध गराइएको थिएन।

सिरामले मायुडिया पर्यटकीय गन्तव्यसमेत भएको उल्लेख गर्दै त्यहाँ सर्वसाधारण, पर्यटक तथा सरकारी कर्मचारीहरूको नियमित आवतजावत हुने भएकाले विशेष सुरक्षा व्यवस्था आवश्यक रहेको बताए।

एपीसीसीले वन विभागले प्रभावकारी गस्ती, निगरानी प्रणाली तथा चेतावनी संकेतहरू जडान गर्न असफल भएको आरोप पनि लगाएको छ। विभागलाई क्षेत्रमा ठूला वन्यजन्तुहरूको उपस्थिति थाहा हुँदाहुँदै पनि आवश्यक कदम नचालिएको उनीहरूको दाबी छ।

कांग्रेस समितिले वन्यजन्तु संरक्षणका नाममा मानव जीवन जोखिममा पार्न नहुने स्पष्ट गर्दै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ठोस नीति र कदम आवश्यक रहेकोमा जोड दिएको छ। एपीसीसीले राज्य सरकारसँग तत्काल निम्न मागहरू अघि सारेको छ— मायुडिया क्षेत्रका संवेदनशील स्थानहरूमा कडा सुरक्षा व्यवस्था,

घटनामा लापरवाह बनेका अधिकारीहरूको जवाफदेहिता निर्धारण, मृतकको परिवारलाई एकमुष्ट क्षतिपूर्ति (एक्स–ग्रासिया) तथा योग्य सदस्यलाई सरकारी रोजगारी, संवेदनशील क्षेत्रमा स्थायी वन्यजन्तु निगरानी टोलीको तैनाती, अरुणाचल प्रदेशमा मानव–वन्यजन्तु द्वन्द्वबारे श्वेतपत्र (White Paper) सार्वजनिक।

एपीसीसी अध्यक्ष सिरामले पार्टी मृतकको परिवारको दुःखमा साथ रहेको जनाउँदै, भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन सरकारलाई तत्काल र प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ