Arnova paid tribute to Prashant, Bhushan Dahal and others
Arnova paid tribute to Prashant, Bhushan Dahal and others

आरनोवाले प्रशान्त, भूषण दाहाल र अन्यलाई चढायो श्रद्धाञ्जली

Share this news

एसोसिएसन फर रिसर्च अन् नन्प्रफिट अर्गनाइजेसन एन्ड वल्युन्टेरी एक्टिविटिज आरनोवाले भर्खरै दिवङ्गत भएका प्रशान्त तामाङ अनि भूषण दाहाललाई श्रद्धाञ्जली चढायो। यसै गरी आरनोवाका प्रमुख सल्लाहकार डा. किङ्ग गुनु घर्तीकी दिदी सानु देवी घर्ती र आरनोवाकी कार्यकारी अध्यक्ष मेनका तामङका भाइ सुनील तामाङप्रति पनि श्रद्धाञ्जली चढायो। आरनोवाका सचिव दिवाकर शर्मा ढुङ्गेलद्वारा सञ्चालित कार्यक्रममा दिवङ्गत आत्माहरूले चिर शान्ति पाउन् भन्दै एक मिनटको मौनता धारण गरियो। सिलगढीको मिलन मोड नजीक बाबुबासाको दाहाल भवनमा आइतबार आरनोवाकी कार्यकारी अध्यक्ष मेनका तामङद्वारा अध्यक्षता गरिएको कार्यक्रममा बिजनबारी क्षेत्रका पूर्व सैनिक अनि समाजसेवी रामलाल निरौला प्रमुख अतिथि र ग्लेनबर्न प्राथमिक पाठशालाका पूर्व शिक्षक शङ्कर शर्मा उपस्थित थिए।
आरनोवाले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतले कलाको माध्यमबाट गोर्खा जाति, समाज र देशको लागि दिएको योगदानको लागि मरनोप्रान्त भारत रत्न दिइन पर्ने मागलाई आरनोवाका संस्थापक रुबेन गुरूङले फेरि दोहोराए। उनले भारतीय विश्वविद्यालय, महाविद्यालय, उच्चोत्तर माध्यमिक र माध्यमिक विद्यालयहरूमा राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतलाई पाठ्यक्रममा सामेल गर्न पर्ने माग गर्दै उक्त सन्दर्भमा केन्द्रीय अनि पश्चिम बङ्गालको शिक्षामन्त्री, जीटीए प्रमुखलाई ज्ञापन चढाउने कुरामा जोड दिए।
अन्त्यमा आगामी फरवरी महीनाको पहिलो साता बरिष्ठ नागरिकहरूको लागि स्वास्थ्यवर्धक कार्यक्रमको आयोजन गरिने निर्णय गरिएको छ।
स्मरण रहोस् आरनोवाले विगत 6 अप्रेलदेखि एक वर्षव्यापी आफ्नो रजत जयन्ती पालन गरिरहेको छ। यसक्रममा बरिष्ठ नागरिकहरूको लागि स्वास्थ्यवर्धक कार्यक्रम, सातौं कार्यक्रम आयोजन गरिने निर्णय गरिएको छ।
उक्त कार्यक्रममा कार्यकारी सदस्यहरू सङ्गीता तामाङ, दीपा गुरूङ साइन, रोमा शर्मा, सुदन दाहाल, उमा शर्मालगायत अन्यान्यको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ