एरिनहाङ सुब्बाले नेशनल माउण्टेन बाइक प्रतियोगितामा भाग लिने

Share this news

खरसाङ,  (निसं)ः खरसाङको अप्पर डुमाराम बस्ती निवासी अर्पण सुब्बा र रेञ्जी मोक्तानका सुपुत्र एरिनहाङ सुब्बाले अरुणाचल प्रदेशको रोयिङ्मा भईरहेको नेशनल माउन्टेन बाइक साईक्लिङ च्याम्पियनशीपमा भाग लिने भएको छ। एरिनहाङ सुब्बाले गत 17 जनवरीमा दार्जीलिङमा भएको माउन्टेन बाइक साईक्लिङ च्याम्पियनशीपमा प्रथम भएर राष्ट्रिय स्तरको च्याम्पियनशीपमा भाग लिनलाई चयन भएका हुन्‌‍।

यस विषयमा आज खरसाङ्मा सभासद श्याम शेर्पा, एरिनहाङ सुब्बा र उनका पिता अर्पण सुब्बाले एक पत्रकार सम्मेलन आयोजना गरेर एरिनहाङ सुब्बाले आगामी 12 देखि 15 फरवरीसम्म अरुणाचल प्रदेशको रोयिङ्मा भईरहेको नेशनल माउन्टेन बाइक साईक्लिङ च्याम्पियनशीपमा भाग लिनलाई खरसाङबाट 5 फरवरीको दिन नै प्रस्थान हुने भएको छ। एरिनहाङले विगत कोविडको समयदेखि साईक्लिङ्मा निरन्तर रुपमा प्रदर्शन गर्दै आईरहेका छन्‌‍ भने उनले राष्ट्रिय स्तरमा पुग्न सफल बनेका छन्‌‍। अरुणाचल प्रदेशमा भईरहेको नेशनल माउन्टेन बाइक साईक्लिङ च्याम्पियनशीपमा एरिनहाङ लगायत जीटीए क्षेत्रबाट 5 जनाले भाग लिईरहेको जानकारी प्राप्त भएको छ।

17 वर्षीय एरिनहाङ सुब्बा हालमा कालेबुङ्मा बाह्रौँ श्रेणीमा अध्ययनरत्‌‍ छन्‌‍। एरिनहाङ्को यो उपलब्धिमा क्षेत्रीय सभासद श्याम शेर्पाले खुशी व्यक्त गर्दै एरिनहाङलाई हर किसिमको सहयोग गर्न तयार रहेको र उनको अरुणाचल प्रदेश यात्राको लागि जीटीए प्रमुख अनित थापालाई पनि सहयोग मागिएको बताएका छन्‌‍। उनले एरिनहाङ सुब्बालाई मोरल सपोर्ट साथै विभिन्न तहमा सहयोग गर्न तयार रहेको बताए। उनले उनी 28 नम्बर समष्टि र खरसाङ्को लागि गौरवको विषय भएको बताएका छन्‌‍। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सभासद श्याम शेर्पा र एरिनहाङ सुब्बा र उनको पिता अर्पण सुब्बाले पनि विस्तृत रुपमा जानकारी गराउँदै एरिनहाङ सुब्बाको प्याशन रहेकोले माउन्टेन बाइक साईक्लिङ च्याम्पियनशीपमा भाग लिने भएको जानकारी गराएका छन्‌‍। उनलाई स्थानीय तहमा सहयोग गरिदिने निवेदन पनि गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ