कटलेरीको पुलको निर्माण कार्य सकिन अझ एक महिना लाग्ने सम्भावना

Share this news

खरसाङ,  (निसं): खरसाङको सन्त अल्फन्सस उच्चत्तर माध्यमिक विद्यालयको केही परदेखि उकालो जाने कटलेरी पाखा हुँदै डाउहिल रोडमा निस्कने फादरवेरी रोडको पुल निर्माणको कार्य अझ महिना दिन भन्दा अधिक समय लाग्ने सम्भावना देखिएको छ। वर्तमानसम्ममा पुल निर्माणको निम्ति जग बसाएर दुई तर्फको कंक्रिट देवाल लगाउने कार्य भएरहेको छ। त्यहाँ कार्यरत ठेकादारका सुपर भाइजरले बताए अनुसार पुल निर्माण कार्य समाप्त हुनलाई अझ एक महिना जति समय लाग्ने सम्भावना छ।

यस रोडमा 15 अप्रेलको दिन वर्षाको कारण पैह्रो गएको थियो। उक्त पैह्रोको कारण सड़क बन्द रहेको थियो। पैह्रोको मरम्मती कार्य सभासद्‌‍ श्याम शेर्पाको पहलमा पैह्रो गएको तीन दिनपछिनै आरम्भ गरेर काम पुरा गरेर गाड़ी चलाचल शुरु गरिएको थियो। रोडमा पैह्रो गएको समयमा नजिकै रहेको पुलको एक तर्फको भाग पनि केही दबिएको अवस्थामा थियो। चालकहरूले यसै पुलबाट गाड़ी चलाइरहेका थिए। पछिबाट दबिएको पुलको जोखिमलाई ध्यानमा राखेर नयाँ पुल निर्माणको मिम्ति पुल भत्काउने कार्य गरिएको थियो। नयाँ पुल निर्माणको कार्य 20 दिसम्बरदेखि आरम्भ गरिएको थियो, निर्माण कार्य थालिएको यतिका दिनसम्म पनि पुलको निर्माण कार्यमा सन्तोषजनक प्रगति नदेखिएको मानिसहरूको गुनासो छ। कतिपय मानिसहरूले पुल निर्माणको काम ढिलो भइरहेको गुनासो गर्दै यसरी ठेकादारलाई काम दिएपछि एउटा निश्चि समय दिएर उक्त समयसम्म निर्माण कार्य पुरा गर्नु पर्ने सर्त पनि राख्नु पर्ने बताएका छन्‌‍।

यो बाटोमा कटलेरी पाखा, माथिल्लो डुमाराम बस्ती, टेकवीर बस्तीका गाड़ीहरू चल्छन्‌‍। वर्तमानमा पुलदेखि मुनिका गाड़ीहरू राष्ट्रिय राजमार्गबाट सन्त अल्फन्सस भएर आउन पर्ने अनि पुलदेखि माथिका गाड़ीहरू डाउहिल रोडको देवीस्थानबाट ओह्रालो झर्न पर्ने वाध्यता छ। यो बाटोमा सन्त अल्फन्सस प्राइमेरी स्कूल, सन्त जोसेफ प्राइमेरी स्कूल अनि अन्य विद्यालयका विद्यार्थीहरू बोक्ने गाड़ीहरू पनि चल्ने गर्छन्‌‍। वर्तमानमा विद्यालयहरू शीतकालिन बिदा रहेको भए तापनि आगामी फरवरी महिनाको मध्यदेखि विद्यालयहरू खोलिन शुरु हुनेछ। स्थानीयहरूको समस्या, विद्यार्थी, चालकहरूको समस्यालाई ध्यानमा राखेर पुलको निर्माण कार्य चाँड़ो सक्नु पर्ने मानिसहरूको माग छ। तथापि त्यहाँ कार्यरत सुपरभाइजरले बताए अनुसार निर्माण स्थलको जग्गा सानो रहेकोले धेरै कामदारहरू लगाउन सकिन्दैन, पुल निर्माण भइरहेको स्थानमा पानी बगिरहने गरेकोले ढुंगा-माटो झरिरहने, ढलाइ गरिएको सिमेन्ट पनि झर्ने सम्भावना रहने भएकोले निर्माण कार्य ढिलोगरी भइरहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ