Anup Subba BJP Criticism
Anup Subba BJP Criticism

आइजीजेएफ अनुप सुब्बाद्वारा भाजपाको जनाकांक्षा बिरोधी कार्यको भत्सर्ना

Share this news

म “अनुप सुब्बा” ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट” मिरिक थर्बु डुप्टिन २४ नम्बर समष्टि को सचिव तथा पी जी एस डी-१ , ग्राम पंचायत को उप-प्रधान हुनको कारणले हाल चलि रहेको जन आकांशा बिरोधी कार्यहरूलाई जनता माझ साझा गर्ने मेरो जिम्मेवारी बहन गर्दै एक बिशेष बिषय जनताहरू माझ राख्न गई रहेछु।

बिधान सभा चुनाव मा यस चोटि सम्पूर्ण पहाड़, तराई अनि डुवर्स का जनताले भारतीय जनता पार्टीको पक्षमा प्रचुर मात्रामा आफ्नो अमूल्य मत खसाली बंगालपन्थी मानसिकता बोकेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तथा मोर्चा भित्र भएका भ्रष्टाचारी हरूलाई कुनै पनि हालमा पराजय गरि भ्रष्टाचार तथा भ्रष्टाचारीलाई जरादेखि नै उखेलेर फ्याँक्नुपर्छ भनि भारतीय जनता पार्टीलाई पाँचैवटा सिटहरू दिलाए।

पाँचै जना बिधायकहरू लाई जिताए पश्चात जनताहरू ढुक्क साथ बसेको मात्र के थियो र ….. भाजपाले आफ्नो पार्टी बिस्तार गर्न सुरू गरेर जनतालाई त्यहि तान्त्रिकभित्र रहेका पंचायत प्रधान, पंचायत सदस्य अनि पंचायत समिति सदस्यहरू सबैलाई पार्टीमा तान्ने काम गरिरहेको छ। के यसलाई भ्रष्टाचार साँच्चै नै जरैदेखि उखालियो भन्नु र ??? के अनित मात्रै भ्रष्टाचारी थियो र????

बिषय जटिल छ …. यहाँ भा गो प्र मो का शीर्ष नेताहरू मात्रै भ्रष्टाचार मा लिप्त थियो भन्नु सरासर गलत हुन्छ। भ्रष्टाचारी गाँव-गाँव का स-साना पदभारी हरू देखि लिएर माथिल्लो तहसम्म का पदाधिकारी छन् यसमा कुनै दुई मत छैन।
अब भाजपाले यसै पदाधिकारीहरूलाई आफ्नो पार्टीभित्र ल्याउनु भनेको “नयाँ बोतलमा पुरानै रक्सी” हाल्नु हो यसर्थ म “अनुप सुब्बा” सचिव “ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट” मिरिक थर्बु डुप्टिन २४ नम्बर समष्टि तथा पी जी एस डी-१, ग्राम पंचायत उप-प्रधान , भाजपाको यस्तो जन आकांक्षा बिरोधी कार्यको भत्सर्ना गर्दछु। यस्तो कार्य जन बिरोधी हो यसलाई जनताले कदाचित स्वीकार गर्ने छैन।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ