Anova holds condolence meeting on the death of Sunil Thapa
Anova holds condolence meeting on the death of Sunil Thapa

सुनील थापाको निधनमा आरनोवाद्वारा शोक सभा आयोजित

Share this news

एसोसिएसन फर रिसर्च अन् नन्प्रफीट अर्गनाइजेसन्स एन्ड वल्युन्टेरी एक्टिविटिज आरनोवाद्वारा भर्खरै दिवङ्गत भएका चर्चित अभिनेता सुनील थापा “राते काइँला”को आत्मिक चिर शान्तिको लागि आइतबार शोक सभाको आयोजन गरेको थियो। चम्पासरी-मिलन मोडको सिसाबारी सिल्भर डेलमा आरनोवाका सल्लाहका, डा. जीवन राणाको अध्यक्षतामा आयोजित सभा दुई चरणमा आयोजन गरिएको थियो। पहिलो चरणमा अभिनेता सुनील थापाको आत्मिक शान्तिको लागि एक मिनटको मौनता धारण गरियो। सचिव दिवाकर शर्मा ढुङ्गेलद्वारा सञ्चालित शोकसभामा उपाध्यक्ष सन्तोषमणि राई, सहसचिव लादोर्जे तामाङ विनोद, कार्यकारी सदस्यहरू सङ्गीता राई, सञ्जीव श्रीमल, रीना सुब्बाले सुनील थापाको बारेमा आ-आफ्नो वक्तव्य दिएका थिए।

सभाको दोस्रो चरणमा आरनोवाद्वारा आगामी १५ फरवरी आइतबार बिहान साडे छ बजे बरिष्ठ नागरिकहरूको सम्मानमा आयोजित स्वास्थ्य कार्यक्रममाथि छलफल गरिएको थियो। उक्त कार्यक्रममा चम्पासरी- मिलन मोड रोडको बाबुबासा अवस्थित दुर्गा मन्दिरको अघिबाट सिसाबारीको त्रिवेणी संस्कृत विद्यापीठ अघिसम्म बरिष्ठ नागरिकहरूलाई पदयात्रा गराइनेछ। समापनमा बरिष्ठ नागरिकहरूलाई सम्मान-पत्र प्रदान गरिनेछ। अहिलेसम्म बीसजना बरिष्ठ नागरिकहरूले सहभागिताको लागि आफ्नो नाम दर्ता गराइसकेका छन्। जसमा चौरासी वर्षीय डीके छेत्री पनि समावेश रहेका छन्।

सभामा डा. जीवन राणाको बाल गीतहरूको पुस्तक प्रकाशित गरिएकोमा उनलाई आरनोवाको पक्षबाट सचिव दिवाकर शर्मा ढुङ्गेलद्वारा वधाइ र शुभकामना दिइयो।
कार्यकारी अध्यक्ष मेनका तामाङको बरिष्ठ नागरिकहरूको पदयात्रा आयोजन गराउने सोचको प्रशन्सा गर्दै यसपटक सानो भए पनि अब उसो प्रति वर्ष व्यापकरुपमा पदयात्रा आयोजन गर्ने सुझाउ सहसचिव लादोर्जे तामाङले दिए, जुन विषयलाई सभाध्यक्षलगायत सबैले स्वागत जनाउँदै सर्वसम्मतिले प्रस्ताव पारित गरियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ