11 जीआर भूतपूर्व सैनिक संगठनको वार्षिक सभा

Share this news

खरसाङ,  (निसं)ः 11 जीआर पूर्व सैनिक संगठन खरसाङ शाखाको वार्षिक साधरण सभा गोर्खा जन पुस्तकालय भवनमा संगठनका सभापति अशोक गोलेको अध्यक्षता सम्पन्न भयो। सभाको सञ्चालन योगिता तामाङले गरेकी थिइन्‌‍। सभामा स्वागत भाषण अनेरी कप्तान एमपी राईले राखेका थिए ।

यसै सभामा संगठनका नयाँ सदस्यहरूलाई सदस्यता साथै मायाको चिनो प्रदान गरियो। सुवेदार रूद्र बाहदुर प्रधान, हवल्दार पुनभ सुब्बा, हवल्दार मिलन राई, हवल्दार सुबु राई, हवल्दार विजय गोले, हवल्दार मनीप लामा अनि हवल्दार डीबी लिम्बुलाई सदस्यता प्रदान गरिएको थियो। यस अवधि सुवेदार पवन राईले विगतमा संगठनले गरेको कार्यहरूको विविरण सभामा प्रस्तुत गरे। कोषाध्यक्ष सुवेदार श्याम प्रसाद राईले वर्ष 2025 को आय-व्यायको फाँटवारी प्रस्तुत गरे।

संगठनका सल्लाहकार अनेरी कप्तान गोपाल राई, हवल्दार दावा गोलेले सभामा वक्तव्य राखेका थिए। यसै सभामा अप्पर दुधे निवासी हवल्दार डीबी लिम्बुले संगठनको निम्ति 5 हजार रुपियाँको सहयोग राशि प्रदान गरे। सभाध्यक्ष हवल्दार अशोक गोलेले धन्यवाद ज्ञापन गरेका थिए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ