सहकारी कृषि उन्नयन समित लिमिटेडको वार्षिक सभा

Share this news

नरल स्प्रीङ,1 दिसम्बर (निसं): सहकारी समिति सञ्चालनको संविधान आधारित उप नियमहरूको क्रमागत उल्लेख अनि पठन साथै विभिन्न वुदाहरूमाथि छलफल अनि प्रस्ताव ग्रहण र अनुमोदन सहित शनिबारको दिन मिनरल स्प्रीङ सहकारी कृषि उन्नयन समित लिमिटेडको वार्षिक आम सभा सम्पन्न भयो।
गोदाम धुरा स्थित क्लस्टर हलमा आयोजित उक्त सभाको अध्यक्षता बोर्ड अध्यक्ष अनमोल राईले गरेका थिए। सभामा उक्त सहकारी समितिका सम्पूर्ण पदाधिकारी निर्देशकहरू अनि सदस्यहरू उपस्थित थिए भने दार्जीलिङ जिल्ला को-अपरेटिभ सोसाइटीका सीआई अभिषेक प्रधान र दार्जीलिङ जिल्ला केन्द्रीय सहकारी ब्याङ्क प्रबन्धक समीर गुरुङ अतिथिको रूपमा उपस्थित थिए। सभामा पूर्व सचिव चन्द्र प्रकाश राईले स्वागत भाषण राख्ने क्रममा के कस्तो परिस्थितिमा यो सहकारी समिति गठन गर्न सकियो यसको एक बेग्लै तथ्यहरु रहेपनि यसको गठन पश्चात यो सहकारी समितिलाई हामी सबैले मिलेर अघि बढाएर लैजानु सबैको जिम्मेवारी र कर्तव्य हुनेछ भन्दै समितिको सफल सञ्चालनको श्रेय विभाग, ब्याङ्क, सञ्चालक बोर्ड अनि सम्पूर्ण सदस्यलाई जाने कुरामा जोड दिएऔ सबैको सहभागिता महत्वपूर्ण रहने बताए। सचिव पुरण राईले सभामा वार्षिक प्रतिवेदन पेश गर्दै समितिले गरेका विविध कार्य योजनाहरू बारे प्रकाश पारेका थिए। सभामा बैंक प्रबन्धक समीर गुरुङले समितिको यो आम सभा के कस्तो प्रकारको हो  र यो सभामा के कस्ता विषयहरूमाथि चर्चा परिचर्चा गरिन्छ अनि आगामी दिनमा समितिलाई अझ सशक्त बनाएर लैजाने दिशा के कस्तो कदमहरू चाल्न सकिन्छ र त्यहीं अनुरूप प्रस्ताव ग्रहण गरिन पर्छ भन्ने विषयमा सविस्तार पूर्वक बताएका थिए। उनले सभामा बैंकले समितिलाई के कस्तो कोषहरू उपलब्ध गराउन सक्छ कसरी समितिले लाभ उठाउन सक्छ भन्ने विषयमा पनि जानकारी दिए। विभागीय सहकारी निरीक्षक अभिषेक प्रधानले पनि सभालाई सम्वोधन गर्दै विभागले दिँदै आएको अनि प्रदान गरिने विभिन्न सहुलियत आदि बारेमा प्रकाश पारेका थिए। को- अपरेटिभ गठन गरिनुको औचित्यबारे प्रकाश पार्दै उनले यो एउटा सामुहिक रुपमा व्यापार गर्ने संस्था रहेको हुनाले यहाँ उत्पादन हुने विभिन्न जैविक उत्पादहरुको प्रचार प्रसार गरी व्यवसायिक रूपमा बेच बिखन गरी आय बढाउन सकिने प्रशस्त सम्भावनाहरू रहेको उनले बताए। समितिको आफ्नै जमीन भएको खण्डमा केही ठूला योजनाको निम्ति पनि विभागले कोष उपलब्ध गराउन सकिने भएको पनि उनले जानकारी दिए। सहकारी समिति गठनको मूल उद्देश्य ग्रामीण क्षेत्रको सामाजिक, आर्थिक विकास रहेको हुनाले समितिले आर्थिक बिकासका सम्भावनाहरू खोजी निकालेर त्यसमा केन्द्रित रही कार्य गरिएको खण्डमा निःसन्देह सफलता हात लाग्नेछ भनी उनले जनाए। मिनरल स्प्रीङ क्षेत्र एउटा जैविक कृषि क्षेत्र हो। चिया उत्पादन सम्बन्धित जैविक प्रमाण पत्र चिया व्यवसाय गर्ने कम्पनीसित छ, तर प्रत्येक कृषकसित यो उपलब्ध छैन, तर अब भारत सरकार अनि राज्य सरकारको पहलमा प्रत्येक जैविक कृषि गर्ने कृषकहरूलाई जैविक प्रमाण-पत्र वितरण गरिने भएको जानकारी बोर्डका उप सभापति निलम कुमार प्रधानले दिए। परम्परागत कृषि बिकास योजना नाम रहेको जैविक प्रमाण पत्र र लोगो कृषकहरूको हतमा भए पछि यो खाध्य वस्तु जैविक हो भनी मुखले प्रमाण दिरहनु नपर्ने जनाउँदै उक्त प्रमाण पत्र प्राप्तिको निम्ति दवाईपानी ग्राम पञ्चायत  प्रधान अशोक मुखियाको शिफारिसमा लोकल रिसर्च पर्सनको नियुक्ति गरिएको औं उनले आफ्नो कार्य समेत थालि सकेको जानकारी दिए। सम्पूर्ण विषयलाई समेटेर सभालाई दवाईपानी ग्राम पंचायतका प्रधान अशोक मुखिया साथै वार्ड नम्बर 4 का सदस्य दिपराज राईले पनि सम्बोधन गरेका थिए। सम्पूर्ण विषयलाई समेटेर बोर्ड अध्यक्ष अनमोल राईले सभालाई सम्बोधन गर्ने क्रममा उनले आउँदो आर्थिक वर्षको निम्ति तयार पारिएको बजेट-बारे पनि जानकारी दिए भने सदस्यहरुलाई कृषि अनि पशुपालनको
 निम्ति 1 करोड रुपियाँ ऋण वितरण गरिने लक्ष्य रहेको पनि जनाएका छन्। समितिले गरेको विभिन्न कार्यहरूको उल्लेख गर्दै मौरी पालन अनि मह उत्पादन विषयमा आइ भी सहकारी समितिसित सम्झौता भएको अनि मह बिक्री गरी आर्थिक लाभ प्राप्त भएको पनि जनाए। कोलकातामा भएको सरस मेलामा स्थानीय सहकारी समितिले पनि भाग लिएको औं मह, चियापत्ती आदि बिक्री गरिएको जानकारी दिए। उनले सरकारद्वारा प्रदान गरिने भनिएको जैविक प्रमाण पत्र प्राप्तिको निम्ति सबैले आवेदन गर्ने सुझाव पनि दिए भने सबैको सहभागिता, संलग्नता, सहकार्यमा नै समितिले उन्नति गर्नेछ भनी अवगत गराए। सभालाई सञ्जय राईले सञ्चालन गरेका थिए।

Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

आजको रोजाइ